अस्पतालले विदेशी विशेषज्ञ चिकित्सकसँग नियमित छलफल गरेर कोभिड उपचार गर्दै

चितवन, यहाँको एक अस्पतालले भारतीय विशेषज्ञ चिकित्सकसँग नियमित छलफल गरेर कोभिड उपचार गर्दै आएको छ । लेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले भारतीय चिकित्सकसँग छलफल गरेर उपचार गर्दै आएको हो ।

अस्पतालले भारतको चेन्नाइमा रहेको ग्लोबल हस्पिटलका विशेषज्ञ चिकित्सकसँग कोभिड उपचारबारे जुममार्फत नियमित छलफल गर्दै आएको छ । अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानका अनुसार हरेक दिन दिउँसो २ः३० बजे यहाँका कोभिड उपचारमा संलग्न क्रिटिकल केयरका चिकित्सक स्वास्थ्यकर्मी र ग्लोबल हस्पिटलका वरिष्ठ चिकित्सकबीच सङ्क्रमितका विषयमा अन्तक्र्रिया हुने गरेको छ । प्रधानले भन्नुभयो, “सङ्क्रमितमध्ये २० प्रतिशत जति जटिल हुने गर्दछन् । उनीहरूको एक÷एक गरेर हामी छलफल गर्छौँ।”

यहाँ गरिरहेको उपचार पद्दति, बिरामीको अवस्था, प्रयोगशालाका नतिजालगायत विषयमा छलफल गरी सुधार गर्नुपर्ने विषय टिपोट गरेर उपचार गरिन्छ । ग्लोबल हस्पिटलका सङ्क्रामक रोग विशेषज्ञ डा सुप्रमन्यमको नेतृत्व चार वरिष्ठ चिकित्सक अन्तक्र्रियामा सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

सङ्क्रमितलाई कसरी उपचार गर्दा निको पार्न सकिन्छ भन्नेबारे पछिल्लो अनुभव र प्रविधिका विषयमा छलफल गरिन्छ । प्रधानले भन्नुभयो, “हामीले सङ्क्रमितलाई उत्तानो पारेर सुताउँथ्यो, तर घोप्टो पारेर सुताउँदा श्वासप्रश्वासमा सहज हुने र अक्सिजनको मात्रा बढ्ने थाहा भएसँगै त्यसै गरेका छौँ ।” यो अन्तक्र्रियाबाट यहाँका क्रिटिकल केयरमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीले धेरै ज्ञान प्राप्त गरेको र उनीहरूको आत्मबलसमेत बढेको उहाँको भनाइ छ ।

शुरुका दिनहरुमा सङ्क्रमित नजिक जानसमेत डराउने स्वास्थ्यकर्मी जुम मिटिङसँगै बिरामीसँग नजिकिने गरेका छन् । पछिल्ला अनुसन्धान र उपलब्धिका विषयमा स्वस्थ्यकर्मीले यसबाट थाहा पाएका छन् । सङ्क्रमितलाई कस्ता औषधि चलाउने भन्ने विषयमा गहन छलफल हुने गरेको छ ।

प्रधानको भनाइमा कोभिडको पहिलो लहर नेपालमा आएसँगै गत वर्षको साउनदेखि ग्लोबल हस्पिटलसँग सहकार्य गरिएको हो । यस मेडिकल कलेजले पहिलो लहरमा २२० सङ्क्रमितको उपचार गरेको थियो । दोस्रो लहरमा हालसम्म ३५० जनाको उपचार गरिसकेको छ । अस्पतालमा ९० शय्याको कोभिड सघन उपचारकक्ष, ४० शय्याको एचडीयू र ७० साधारण शय्या रहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।