विश्व वातावरण दिवसमा तुलसी खेती

गण्डकी,विश्व वातावरण दिवसका अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सहकार्यमा ‘खाद्य हरियाली शहर कार्यक्रम’ अन्तर्गत पोखरा महानगरपालिका–३३ भरतपोखरीमा तुलसी खेती शुरु गरिएको छ ।

साना–ठूला गरेर तीनवटा टनेलमा दुई किलो तुलसीको बीउ छरिएको बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीका अध्यक्ष केशवराज लम्सालले जानकारी दिनुभयो ।

बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सेवा क्षेत्रका करिब २०० घरलाई प्रतिघर ५० वटा तुलसीका बिरुवा वितरण गर्दै तुलसी खेतीप्रति आकर्षित गरिने उहाँले बताउनुभयो ।

लम्सालका अनुसार बिरुवा रोपेको ८० देखि ९० दिनसम्ममा तुलसी टिपेर बिक्रीका लागि तयार हुन्छ । तयार भएको तुलसीको बजारीकरणको जिम्मा बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीले लिने छ।

तुलसीको पत्ताबाट चिया र तुलसी बीउको माग अत्यधिक रहेकाले उत्पादनपछिको समस्या नरहेको चौतारीका सचिव मोती भुजेलले बताउनुभयो ।

तुलसी महत्वपूर्ण बिरुवा हो, थाहा थियो तर खेती नै गरिन्छ भन्ने जानकारी नभएको बताउँदै श्री गैरी भञ्ज्याङ काफलडाँडा वन उपभोक्ता समूहका अध्यक्ष नीलराज आचार्यले वन उपभोक्ता समूहका सबैलाई यसमा जोडिन आह्वान गर्ने र सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।