८१ पुरिया ब्रा,उन सु,ग,रसहित चार प,क्राउ

कर्णाली, जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्रा, उन सुगरसहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट होटल सञ्चालक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ८१ पुरिया ब्राउन सुगरसहित शनिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार होटलमा सल तथा फ्यानमा लुकाइछिपाइ राखेको अवस्थामा खोजतलास गर्दा ८१ पुरिया (सात ग्राम ४५० मिलिग्राम) ब्राउन सुगर भेटिएको थियो ।

पक्राउ पर्नेमा अन्दाजी ५२ वर्षीया होटल सञ्चालक महिला विष्णुदेवी शाही, गुराँस गाउँपालिका–५ दैलखका २१ वर्षीया सरु शाही, वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतका गौरव क्षेत्री र वडा नं ९ सुर्खेत निवासी प्रदीप खत्री रहेकोे बताइएको छ । त्यसका साथै पाँचवटा प्रयोग नभएको नाइट्रोभेट ट्याब्लेट र स्रोत नखुलेको विभिन्न दरका नेपाली र भारतीय नोट तथा रु पाँच लाख आठ हजार २०० बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

लागुऔषधसहित पाँच पक्राउ

कञ्चनपुर– लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार पाँच जनालाई पक्राउ गरेको छ । विशेष सूचनाअनुसार प्रहरीले दोधारा चाँदनी नगरपालिका–१ पक्की पुलस्थित भारतको उत्तराखण्ड राज्यको जिल्ला चम्फावत ग्राम भजनपुर बस्ने २१ वर्षीय अमन चन्दलाई ११ दशमलव ८७ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो । चन्दले चढेको भारतीय युके०६एइ९७५८ नंको मोटरसाइकलसमेत बरामद गरेको छ ।

यसैगरी दोधारा चाँदनी नगरपालिका–६ बस्ने १८ वर्षीय आदीप मगर र सोही ठाउँ बस्ने १८ वर्षीय सार्थक शर्मालाई ६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । दुवै जनाले प्रयोग गरेको सुप प्रदेश०२००३प ३८०० नंको मोटरसाइकलसमेत बरामद गरिएको छ ।

पुनर्वास नगरपालिका–६ ‘ङ’ गाउँ बस्ने २३ वर्षीय मनोज सुनार र कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २३ वर्षीय तेज विकलाई लागुऔषध नेट्राभेट ३४ ट्याबलेट र स्पामोबोकाप्लस १८ ट्याबलेटसहित सीमा क्षेत्रबाट पक्राउ गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।