उपचारका क्रममा चार सङ्क्रमितको मृ,त्यु,

राँझा,कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा गए राति थप चार बिरामीको मृ,त्यु, भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल नेपालगञ्जमा एक गरी थप चार जनाको मृ,त्यु, भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँसगढी नगरपालिका–८ बर्दिया निवासी ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ बर्दिया निवासी ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–३ बाँके निवासी ३३ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीया महिलाको उपचारका क्रममा मृ,त्यु भएको हो ।

यससँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१३ र जिल्लाकै ३०२ जनाले हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।

बाँकेमा एक हप्तायता कोरोना सङ्क्रमण र मृ,त्युदर घट्दै गएको छ । अहिले अधिकांश बिरामी बाहिरी जिल्लाबाट प्रेषण भई आउने गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।