देखिनछाड्यो निकुञ्जमा बाह्रसिंगे

चितवन, चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा राखिएको बाह्रसिंगे अहिले देखिन छाडेको छ । गत असोजदेखि खुल्ला खोरमा देखिन छाडेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्नासँगै रहेको बाह्रसिंगे खुल्ला खोरमा नभेटिएको हो । उहाँले भन्नुभयो “गत असोजदेखि खोरभित्र देखिएको छैन ।” कतै झाडिमा लुकेको, बाघले खाएको वा खोर बाहिर भागेको भन्ने बारे एकिन हुन नसकेको उहाँको भनाई छ ।

वि.सं. २०७४ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सात बाह्रसिंगे स्थानान्तरण गरी यहाँ ल्याईएको थियो । ती मध्ये पाँच पोथी र दुई भाले रहेका थिए ।

ती मध्ये दुई पोथी ल्याउने वित्तिकै मरेका थिए । अन्य पाँच मध्ये चार विभिन्न कारणले मरिसेका छन् । अर्नासँगै रहेको एउटा मात्रै बाह्रसिंगे पनि लामो समयदेखि देखिन छाडेको हो ।

तत्कालिन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा ५ भाले सहित २५ बाह्रसिंगे ल्याउने योजना थियो ।

यहाँ ल्याए लगत्तै बाह्रसिंगे मरेपछि थप ल्यााउने काम रोकिएको थियो । निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर निर्माण गरी अर्ना र बाह्रसिंगे राखिएको छ ।

सरकारले प्रजाती संरक्षण र विस्तारका लागि वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ । यहाँ कोशीबाट अर्ना ल्याईएको छ भने यहाँका एकसिंगे गैंडा बर्दिया र शुक्लाफाँटा स्नानान्तरण गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖