प्रकाशबहादुर शाहले स्पष्टीकरणको जवाफ मेलमार्फत

धनगढी, नेकपा (एमाले )सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीले सोध्नुभएको स्पष्टीकरणको जवाफ दिनुभएको छ । अध्यक्ष ओलीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ शाहले एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई आज मेलमार्फत दिनुभएको हो ।

सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले शाहलाई पार्टी स्थायी कमिटीले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको भनी सोधनी गर्दै गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोपका साथ स्पष्टीकरण सोध्नुभएको थियो ।

यो पनि पढ्नुहोस

मकवानपुर, जिल्लाको पश्चिमभेगमा पर्ने राक्सिराङ गाउँपालिकाको दुर्गम भेग वडा नं ७ र ९ मा आज बिहानदेखि विपन्न परिवारलाई खाद्यान्न सामग्रीका प्याकेट वितरण गरिएको छ ।

कोरोना सङ्क्रमणको जोखिम र निषेधाज्ञाका कारण ती दुवै वडाका दैनिक ज्यालादारी गर्ने अवसरबाट वञ्चित भएका करीब ७०० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

विपन्न परिवारका प्रत्येक घरलाई चामल २५ किलो, खाने तेल दुई लिटर, दाल दुई किलो र नुन दुई प्याकेट पनि वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त खाद्य पदार्थ नेपाली कांग्रेस जिल्ला कार्यसमिति र उद्योग वाणिज्य सङ्घको संयुक्त लगानीमा एक हजार परिवारलाई पुग्ने गरी हाललाई गाउँपालिकाका अध्यक्ष मल्ललाई कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी राक्सिराङको सरिखेतमा पनि एक सय विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖