युवतीलाई होटलमा अ,श्लिल क्रियाकलाप गर्ने तीन जना प,क्राउ

कर्णाली,प्रहरीले राउटे समुदायका युवतीलाई होटलमा अ,श्लिल क्रियाकलाप गर्ने तीन जनालाई आज सुर्खेतमा प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय बिनोद पुन रहेका छन् । पुन होटल सञ्चालक समेत हुन् ।

उनीहरुले दुई राउटे युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराएर यौ,नजन्य दु,व्र्यवहार गरेको भिडियो बनाएको आरोप लगाइएको छ ।

होटलभित्र अर्धनग्न अवस्थामा युवाले राउटे युवतीलाई अश्लिल क्रियाकलाप गर्न बाध्य पारेको भिडियो सार्वजानिक भएपछि प्रहरीले शनिबारदेखि घटनाको अनुसन्धान शुरु गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घटनाको विस्तृतमा अनुसन्धान भइरहेको र दोषी युवाहरुमाथि कानूनबमोजिम कारबाही हुने जानकारी दिनुभयोे ।

पछिल्लो समय राउटे युवतीहरुलाई युट्युब, टिकटकका लागि भिडियो छायाङ्कन गर्न भन्दै बस्तीमा जाने, विभिन्न प्रलोभनमा पारी यौ,नजन्य दु,व्र्यवहार गर्ने गरेको पाइएको छ ।

राउटेहरु नेपालकै एकमात्र फिरन्ते समुदाय हुन् । गुर्भाकोट नगरपालिका ११ जनैघाटमा बस्दै आएका राउटे हाल १४३ को सङ्ख्यामा छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।