प्रदेश १ मा ७० हजारलाई भेरोसेल खोप लगाईने, मापदण्ड अनुसारका व्यक्तिलाई मात्र खोप लगाउन मन्त्री राईको निर्देशन

विराटनगर । प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो ।

६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु शाहले जानकारी दिनुभयो । उहाँका अनुसार भोलिसम्म प्रदेश १ का सवै जिल्लामा खोप पुगिसक्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुवै मात्राका लागि १ लाख ४० हजार ५०५ डोज खोप पठाएको छ । प्रदेश स्वास्थ्य आपुर्तीमा आएको खोपलाई जिल्ला–जिल्लामा पठाउने काम भईरहेको उहाँले बताउनुभयो ।

शाहका अनुसार ताप्लेजुङमा ३,७०३, संखुवासभामा ४,४००, सोलुखुम्वुमा २,८८५, ओखलढुङ्गामा ४,२९१, खोटाङमा ४,८४८, भोजपुर ४,३४७, धनकुटामा ४,८५३, ते¥हथुममा २,८४६, पाँचथरमा ५,५८१, इलाममा ८,८६२, झापामा २६,४१९, मोरङमा ३१,१८५, सुनसरीमा २६,१३२, उदयपुरमा १०,१५१ डोज खोप पठाउने काम भईरहेको छ । शाहका अनुसार दुवै डोजका लागि खोप पठाईएको छ ।

कोभिड १९ विरुद्धको भेरोसेल खोप सरकारले निर्धारण गरेको मापदण्ड अनुसारका व्यक्तिहरुलाई मात्र लगाउन सामाजिक विकास मन्त्री उषाकला राईले निर्देशन दिनुभएको छ । उहाँले सवै नागरिकलाई चाँडो भन्दा चाँडो कोभिड १९ विरुद्धको खोप लगाउन सरकार लागि परेको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनले भेरोसेल १८ वर्षमाथि जुनसुकै उमेर समूहले लगाउन मिल्ने भनेपछि पहिलो चरणमा प्राप्त खोप ६०–६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई मात्र लगाउन सरकारले मापदण्ड बनाएकाले सोही अनुसार गर्न भनिएको उहाँले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।