लगातारको झरीले धानको बिउ नष्ट

वीरगञ्ज,केही दिनयता मनसुन सक्रिय भएपछि लगातारको झरीले गर्दा पर्सा जिल्लाका किसानहरुले ब्याडमा लगाएको धानको बिउमा क्षति पुगेको छ ।

किसानहरुले धान खेती गर्नको लागि ब्याडमा बिउ राखेको भएपनि लगातारको झरीको कारण बिउ उम्रिन समस्या भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

पर्साका ८० प्रतिशत किसानले धानको बीउ राखिसकेका छन् । लगातारको झरीको कारण २० प्रतिशत बिउ नष्ट भएको कार्यालयका निमित प्रमुख मुनिलाल प्रसादले राससलाई बताउनुभयो ।

भर्खरै बिउ राखिएका कारण टुसा नलागेकाले क्षति हुन गएको बताइएको छ । पर्सामा चैते धान तीन हजार ५०० हेक्टर, भदैया धान आठ हजार ५५० हेक्टर र अगहनी धान ३५ हजार हेक्टर गरी ४७ हजार ५० हेक्टरमा धान खेती हुँदै आएको छ ।

यसैगरी मनसुनको कारण लगातारको झरीबाट पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा तरकारी बाली पनि नष्ट भएको छ ।

वर्षाको कारण ग्रामीण क्षेत्रका बाटोघाटोहरु हिलाम्य भएकाले आवतजावतमा समस्या भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।