उचाइ क्षेत्रमा पहिलोपटक परीक्षण गरिएको च्याउखेतीले सफलता दिएसँगै व्यावसायिक उत्पादन शुरू

रसुवा, ८ साउन,उत्तरी रसुवामा पहिलोपटक परीक्षण गरिएको च्याउखेतीले सफलता दिएसँगै व्यावसायिक उत्पादन शुरू भएको छ । स्थानीय बासिन्दाका साथै लाङ्टाङ एवं तामाङ सम्पदा मार्गको पर्यटकीय क्षेत्रमा समेत निरन्तर आपूर्ति गर्ने लक्ष्यका साथ प्रथमपटक ५० वटा थैलोमा च्याउको बिजारोपण गरिएको हो ।

रोपणका लागि अन्य ४०० थैलो तयार पार्ने काम भइरहेको छ । च्याउ खानका लागि एकदेखि डेढ महिनासम्ममा तयार हुने कृषि प्राविधिकले बताएका छन् । परम्परागतरूपले उपभोग गर्दै आएका जङ्गली च्याउ लोप हुँदै गएको अवस्थामा घरेलु च्याउले माग आपूर्तिमा सहज ल्याउने अपेक्षा गरिएको छ ।

समुद्र सहतदेखि एक हजार ९०० मिटर उचाइ धुञ्चेगाउँ र इमरूङबीच बुद्ध स्तूपको माथिल्ला भागमा उत्पादन कार्य अगाडि बढेको हो । एपिएग्रो नामक व्यावसायिक फार्ममार्फत च्याउखेती शुरू भएको छ । सो फार्मले मासुका लागि कुखुरापालन, ताजा अण्डा उत्पादनका साथै तरकारी खेतीजस्ता विविध उत्पादनमूलक कार्यका लागि पूर्वाधार निर्माण गरी रोपण तथा व्यवस्थापनको काम अगाडि बढाइसकेको छ ।

फार्मका प्रबन्ध सञ्चालक प्रमोदकुमार तितुङका अनुसार कृषि प्राविधिकको परामर्शमा किसानलाई व्यवसायको नमूना देखाई आयआर्जनको जागरणमा सहयोग पु¥याउने अभिप्रायले नमूना कृषि फार्मका रूपमा विकसित गर्न लागिएको हो ।

पूर्वाधार निर्माणका लागि खर्च भएको रु ८५ लाखमध्ये कृषि ज्ञान केन्द्रले रु २५ लाख अनुदान सहयोग प्रदान गरेको छ । फार्मभित्र खसी तथा बोकापालन गर्ने गृहकार्यसमेत अगाडि बढिरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।