मुटुको उपचार गराउन आएकी महिलाको कार दु’र्घटनामा मृ’त्यु
विराटनगर, ३१ भदाै । कार दु’र्घटना हुदाँ बिहीबार एक महिलाको मृ’त्यु भएको छ । बेलबारी नगरपालिका-१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मोरङको बुढीगंगा गाउँपालिकामा दुर्घटनामा परेर मृ’त्यु भएको हो ।
दु’र्घटनामा ग’म्भीर घा’इते भएकी उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृ’त्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार बा११च १५७१ नम्बरको कार आफै अनियन्त्रित भएर बिजुलीको पाेलमा ठोक्किएकाे थियो । दु’र्घटनामा कार चालक बेलबारी-१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल सामान्य घा’इते भएका छन् । घाइते सबैको विराट मेडिकलमै उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
मृ’तक चन्द्रकला र घाइते सानी मुटुका विरामी हुन् । उनीहरू उपचारका लागि आएका थिए । दु’र्घटनामा परेर कार पूर्णरूपमा क्ष’तिग्रस्त बनेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । न्युज कारखाना


