८६ वर्षीय वृद्ध चार दिनदेखि सम्पर्कविहीन
खोटाङ, १ असोज । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा फुलेलीका एक वृद्ध बे पत्ता भएका छन् । साविकको बुईपा-४ का ८६ वर्षका वृद्ध आशिकराम राई २९ भदौदेखि परिवारबाट सम्पर्कविहीन बनेका हुन् ।
देब्रे गालामा ठूलो कालो कोठी भएको करिब पाँच फिट चार इन्च उचाइ भएका वृद्ध हालसम्म फेला नपरेको आफन्तले बताएका छन् ।
हेर्दा सामान्य र वि रामी जस्तो नदेखिने वृद्ध अ लजाइमर रो गका कारण स्मरणशक्ति गु माएर आफ्नो घरपरिवारको सदस्यसमेत नचिन्ने अवस्थामा छन् । राईले यदाकदा साइला छोरा परशुरामको नाम लिने र कहिलेकहीँ आफूलाई दिनवालीको सन्तान भएको बताउने गरेका छन् । -न्युज कारखाना


