वे’पत्ता भएकाे चार दिनपछि भेटिए ८६ वर्षीय बा
खोटाङ, १ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा फुलेलीका ज्येष्ठ नागिरक चार दिनपछि फेला परेका छन् । गत २९ भदौदेखि परिवारबाट सम्पर्कविहीन बनेका साविकको बुईपा–४ का ८६ वर्षका आशिकराम राई शुक्रबार फेला परेका हुन् ।
अ लजाइमर रो गका कारण स्मरणशक्ति गुमाएर आफ्नो घर परिवारको सदस्यसमेत नचिन्ने अवस्थाका बुईपाकै पञ्चरदोबाटोमा फेला परेका आफन्तले बताएका छन् ।
स्मरण शक्ति कमजोर भएका वृद्ध राईले यदाकदा साइँला छोरा परशुरामको नाम लिने र कहिलेकहीँ आफूलाई दिनवालीको सन्तान भएको बताउने गरेका छन् ।


