पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को धनकुटा अडिसनको मिति सार्बजनिक

धनकुटा । टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा भईरहेको रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को धनकुटा अडिसन मंसिर २७ टुंडिखेल स्थित सेन्टरमा हुने भएको छ ।

यसअघि इलाम,झापा,इटहरी,तेह्रथुम,बसन्तपुर र संखुवासभामा कार्यक्रम अडिसन सम्पन्न भइसकेको छ ।

धनकुटा जिल्लाको अडिसन पूर्व निर्धारित कार्यक्रम अनुसार यही बैशाख २५ गते हुने भनिए पनि म’हामारीको रुपमा फैलिएको कोरोना म’हामारीको कारण केन्द्र र स्थानिय सरकारद्वारा जारी निर्देशअनुसार कार्यक्रम गर्न असहज भएकोले अडिसनलाई रोकिएको थियो ।

कोरोना म’हामारी केही कम भएर जनजिवन सामान्य बनिए संगै धनकुटा अडिसनको मिति सार्बजनिक गरिएको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनु भयो ।

अडिसनको लागि फाराम खुलिसकेकोले 9815365922 मा सम्पर्क गर्न सकिने संयोजक योगीले बताउनु भयो ।

मङ्सिर १९ गतेदेखि जुम्लामा एमबिबीएस कक्षा सञ्चालन
काठमाडौँ, २ मङ्सिर (रासस) ःकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ ।यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र यही मङ्सिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ ।

कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन लागेको हो । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्र्तीण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत गरिसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका डिन डा रमेश भट्टराईले १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जानकारीदिनुभयो ।

प्रतिष्ठानले ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयू) र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ ।

चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), सोही तहमा नर्सिङ (बिडिएस) पनि अध्यापन हुँदै छ । ती दुवै विषयमा २०÷२० विद्यार्थी अध्ययन गर्नेछन् ।

एक वर्षदेखि प्रतिष्ठानमा एमडी पाँच अध्यापन गरिरहेका छन् । यस्तै व्याचलर पब्लिक हेल्थ (बिपीएच), स्नातक तहमा सुत्केरीसम्बन्धी कक्षा पनि तीन वर्षदेखि सुरु भइरहेको छ । ती विषयमा २०÷२० विद्यार्थी अध्ययन गरिहेको जनाइएको छ । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विसं २०६८ मा प्रतिष्ठानको स्थापना गरेको हो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।