नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिको धन्यवाद कार्यक्रम सम्पन्न
धनकुटा,२१ मंसिर । नेपाली कांग्रेस धनकुटा नगरकार्यसमितीले नेपाली कांग्रेसको १४ औं महाधीवेशन सफल पार्न सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
आज धनकुटा सदमुकाममा रहेको भीमनारायण स्मृती भवनमा एक र्काक्रमको आयोजना गर्दै कांग्रेसको १४ औं महाधीवेशन अन्र्तगत वडा,पालिका , प्रदेश र जिल्लाकाको अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्नेहरु लाई धन्यवाद ज्ञापन गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठले नेपाली कांग्रेसको १४ औं महाधीवेशन अन्र्तगत वडा,पालिका , प्रदेश र जिल्लाको अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्नेहरु लाई धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा न १ का अध्यक्ष बीरबहादुर तामाङ, नेपाली कांग्रेस पाख्रिवासका सभापती प्रेम भण्डारी, नेपाली कांग्रेस धनकुटा प्रदेश ख का सभापती राजन पौडेल, नेपाली कांग्रेस धनकुटा प्रदेश क का सभापती जितेन्द्र रुम्दाली राई, नेपाली कांग्रेस धनकुटाका नवनिर्वाचित जिल्ला सचिव जयन्द्र घिसिङ, नेपाली कांग्रेस धनकुटाका नवर्विाचित उपसभापती सुनिलकुमार ढंगोल, प्रदेश सभासदस्य लिला सुब्वा लगायतले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रिक प्रकृया अन्र्तगत भएको सहमती प्रणाली वा प्रतिस्पर्धा बाट भएको जुन प्रकृया बाट भए पनि कांग्रेसकै हार जित भएकोले त्यसलाई उत्साह र निराशाको रुपमा नलिइ पाटी लाई सबैल बलियो र ससतm बनाउन लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य नगरसमिती सदस्य मन्जु आचार्यले राख्नु भएको थियो भने कार्यक्रमको संचालन नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि सुमना तिम्सिनाले गर्नु भएको थियो । कार्यक्रम नेपाली कांग्रेस धनकुटा नगरपालिकाका सभापती नरेश श्रेष्ठको अध्यक्षतामा भएके थियो ।
कार्यक्रममा धनकुटा जिल्ला कार्यसमितीका पदाधीकारी तथा सदस्य नेपाली कांग्रेसका भात्रि तथा शुभेच्छुक संघ संस्थाका प्रमुख तथा प्रतिनिधी सहित धनकुटा नगरपलिकाका विभिन्न वडाका नेपाली कांग्रेसका वडा सभापतीहरुको समेत उपस्थिती रहेको थियो ।


