माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगानाद्वारा प्रदेश सचिवमा उम्मेद्वारी घोषणा

धनकुटा, २ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटाका संयोजक ऋषिराम ढुंगानाले पार्टीको प्रदेश सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । मोरङमा जारी माओवादी केन्द्र १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशनमा नेता ढुंगानाले सचिव पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

२०२३ सालमा धनकुटाको कुरुले तेनुपामा जन्मिएका ढुंगाना ४० बर्षयता राजनीतिमा सक्रिय छन् । उनले २०३७ सालमा विद्यार्थी संगठनबाट राजनीति यात्रा सुरु गरेका हुन् । शिक्षण पेशा छोडेर माओवादी जनयु द्धमा लागेका ढुंगाना यसअघि पार्टीको प्रदेश कमिटी सदस्य पनि थिए । आफुले प्रदेश सचिवमा उम्मेद्वारी दिएको घोषणा गर्दै नेता ढुंगानाले सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन् । ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नम्बर प्रदेश कमिटी सचिव पदमा दाबी पेश गर्न चाहन्छु,’ नेता ढुंगानाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले चार दशक लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको उचित मुल्यांकन गरेर सबै कमरेडहरुले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु ।’

यसअघि धनकुटाकै नेता हेमराज भण्डारी प्रदेश सचिव थिए । प्रदेश अध्यक्ष दावी गर्दै आएका भण्डारी पछि हटेपछि जिल्ला संयोजक ढुंगानाले प्रदेश सचिवमा दावी प्रस्तुत गरेका हुन् । नेता ढुंगानाले कुनैपनि हालतमा आफु पछि नहट्ने दावी पनि गरेका छन् । गत शनिवार मोरङको विराटचौकमा माओवादी केन्द्रको प्रदेश अधिवेशन सुरु भएको हो । अधिवेशनले प्रदेश समितिका २५९ जना सदस्य सर्वसम्मत चयन गरेको छ । गैर भूगोलबाट १ सहित धनकुटाका १४ जना सदस्यमा परेका छन् । तर, आकाक्षी बढी हुँदा पदाधिकारीको टुंगो लाग्न भने सकेको छैन ।

अधिवेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सह–सचिव र एक कोषाध्यक्ष गरी नौ सदस्यीय पदाधिकारी छान्नुपर्नेछ । पुस ७ गतेसम्म पदाधिकारीको टुंगो लगाउँन ५ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलले सहमतिको प्रयास गरिरहेको माओवादी केन्द्रले जनाएको छ ।

तारेभीरमा ‘रक क्लाइम्बिङ’
लमजुङ, २ पुस /लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ च्याम्चे नजिकैको तारेभीरलाई ‘रक क्लाइम्बिङ’ को लागि प्रमुख गन्तव्य बनाइने भएको छ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने तारेभीरमा ‘रक क्लाइम्बिङ’ को लागी मस्र्याङ्दी गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि दुई वर्षअघि अध्ययन थालेको हो । अन्तर्राष्ट्रिय माउन्टेन गाइडले दुई वर्षअघिदेखि अध्ययन थालेको उक्त भीर रक क्लाइम्बिङको लागि उपयुक्त रहेको अन्तर्राष्ट्रिय माउन्टेन गाइडको समूहले समेत निष्कर्ष निकालेको छ । अन्तर्राष्ट्रिय माउन्टेन गाइड विनायक जय मल्लले दुई वर्षअघि व्यक्तिगत खर्चमा तारेभीरमा अध्ययन थालिएको बताए । उनले भने तारेभीर रक क्लाइम्बिङका लागि नेपालको मात्र नभई विश्वकै उत्कृष्ट प्रशिक्षण थलो बन्न सक्नेछ ।

उनका अनुसार नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त माउण्टेन गाइड नेपालमा मात्र ७२ जना रहेका छन् । गण्डकी अल्पाइन क्लबका उपाध्यक्षसमेत रहेका उनले विदेशबाट प्राविधिक सामग्री ल्याएर तीनवटा बाटो पहिल्याएको बताए । विज्ञ समूहले अध्ययन गर्दै आएको तारेभीरलाई मर्स्याङ्दी गाउँपालिकाले अपनत्व लिएपछि पूर्वाधार संरचना निर्माणको कामलाई अगाडि बढाएको छ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले अन्नपूर्ण पदमार्गको च्याम्चेस्थित तारेभीर रक क्लाइम्बिङको उपयुक्त गन्तव्य रहेको बताए ।

उनले भने तारे भीरमा रक क्लाइम्बिङमात्रै नभई विभिन्न तालीम तथा प्रशिक्षण केन्द्रका रूपमा विकास गरिनेछ । अध्यक्ष गुरुङले रक क्लाइम्बिङस्थलको पूर्वाधार निर्माण गर्न प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गरी व्यवस्थीत रुपमा अगाडि बढाइने बताए । उनले भने गाउँपालिकाको च्याम्चे नजिकैको तारेभीरलाई रक क्लाइम्बिङको गन्तव्य बनाउनका लागी मंगलबार स्थानियलाई भेला गरी रक क्लाइम्बिङको अध्ययन र सम्भाव्यताबारे जानकारी गराइएको छ ।

भौतिक पूर्वाधार निर्माण तथा यसको गुरुयोजना निर्माणको लागि यसको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेर अघि बढ्ने गरी मस्र्याङ्दी गाउँपालिका र गण्डकी अल्पाइन क्लबअघि बढेको छ । गण्डकी अल्पाइन क्लबका अध्यक्ष एवं अन्तर्राष्ट्रिय माउन्टेन गाइड नरेन्द्र शाही ठकुरीले साहसिक खेल रक क्लाइम्बिङको लागि च्याम्चेको तारेभीर उत्कृष्ट रहेको बताए ।

मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दुई लाख खर्च गरी च्याम्चेबाट दुई सय मिटर माथिसम्म ढुंगाको सिँढी निर्माण गरिएको बताए । रक क्लाइम्बिङका लागी छनोट गरीएको उक्त थलो समुद्री सतहदेखि एक हजार ५ सय ४० मिटर उचाइमा पर्दछ । च्याम्चे नजिकैको साहसिक पदयात्राका लागि प्रस्तावित तारेभिर च्याम्चेबजारबाट पाँच सय मिटरको दरीमा पर्दछ । उक्त स्थलमा २५ मिटरदेखि १५० मिटर उचाइसम्मको साहसिक खेलको स्थल निर्माण गर्न सकीनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।