बेलायतमा नेपाली एथलेटिक्सकाे दाैड

लण्डन, ६ पुस/शारीरिक तन्दुरुस्ती तथा दौडलाई प्रोत्साहन गर्ने उद्देश्यले बेलायतमा दौड प्रतियोगिता हुने भएको छ । नेपाल बाहिर दर्ता भएको नेपाली एथलेटिक्स क्लब ‘नेपाल रन’ को संयोजन तथा पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई प्रवर्द्धन गर्दै आएको पोखरेली मञ्चको आयोजनामा नेपाली नयाँ वर्ष २०७९ (१६ एप्रिल २०२२) का अवसरमा दाैड हुन लागेको हो ।

बेलायत लगायत विश्वभर दौडलाई खेलकुदको माध्यमको रूपमा मात्र नभएर शारीरिक तन्दुरुस्ती र समाजसेवाको माध्यमको रूपमा हेर्ने गरिएको छ। प्रविधिसँग़ै बढ़दो निस्क्रिय जीवन शैलीलाई शारीरिक तन्दुरुस्तीका माध्यमबाट समुदायलाई स्वस्थ राख्ने उद्देश्यले दौड संस्कृति प्रवर्द्धनमा लागेको र यस कार्यक्रमबाट समुदायमा शारीरिक तन्दुरुस्तीबारे चेतना फैलाउने उद्देश्य रहेको नेपाल रन क्लबका संयोजक एवं धरान रन तथा नेवा च्यारिटीका संस्थापक संतोस राईले बताए ।

कार्यक्रम मार्फत जुटेको सहयोग राशीले पोखरा र धरानमा हरेक वर्ष आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन र धरान रनलाई सहयोग गरिने पोखरेली मञ्च युकेका अध्यक्ष मनप्रसाद गुरुङले बताए । बेजिङ्स्टकमा आयोजना हुने उक्त कार्यक्रममा स्थानीय बेजिङ्गस्टक नेपाली समाजका अध्यक्ष ओम गुरुङ र बेजिङ्गस्टक तमु समाजका संयाेजक दुर्गा गुरुङले स्थानीय समुदायले भरपुर सहयोग गर्ने जानकारी दिए ।

आगामी अप्रिलमा हुने उक्त कार्यक्रममा पोखरेली मञ्चले गैरआवासिय नेपाली संघकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई संयोजक तोकेको छ भने मिस नेपाल युके टेनिसा रानालाई कार्यक्रमको सहसंयोजकको जिम्मेवारी दिएको छ । कार्यक्रमको प्राविधिक पक्षको संयोजन नेपाल रनले गर्ने बताइएको छ ।

कार्यक्रमले नेपाली समुदायको गरिमा बढाउने, देशको बहुआयामिक क्षेत्रको प्रवर्द्धन गर्ने, समाज सेवा लगायत नयाँ पुस्तालाई पनि सकारात्मक सन्देश दिने साथै बहुआयामिक रुपमा उपयोगी हुने भएकोले बेलायतस्थित नेपाली समुदाय, नेपाललाई माया गर्ने बेलायती समुदाय, बेलायतस्थित संघसंस्थालाई सहभागिता र सहयोगको अपेक्षा राखिएको संयोजक पुनम गुरुङले जानकारी दिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।