धनकुटाका माओवादी नेता ढुंगाना पार्टीको प्रदेश सह–सचिवमा निर्वाचित

धनकुटा, ८ पुस । नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक ऋषिराम ढुंगाना (कुसुम) पार्टी प्रदेश कमिटीको सह–सचिवमा निर्वाचित भएका छन् । प्रदेश राजधानी विराटनगरमा आज बिहान सम्पन्न निर्वाचनबाट नेता ढुंगाना माओवादी केन्द्र प्रदेश १ को सह–सचिव पदमा निर्वाचित भएका हुन् ।

३ सह–सचिव पदका लागि १३ जना उम्मेद्वारबीच प्रतिष्पर्धा भएको थियो । नेता ढुंगानासँगै राजु आचार्य, सन्तोष थारु, हर्क लावती, कुमारी राई, निशान्त शर्मा, विजय प्रकाश वनेम, ठमनाथ पराजुली (ध्रुव), कृष्ण जिमी (भरत), दिलकुमार राई, तेजमान कन्दङ्वा र सागर किरातीले सह–सचिव पदका लागि उम्मेद्वारी दिएका थिए ।

२५९ प्रदेश कमिटी सदस्य मतदाता रहेको निर्वाचनमा २४० जनाले मतदान गरेका थिए । निर्वाचनमा नेता ढुंगानाले ९५ मत पाएका छन् । १३ जना प्रतिष्पर्धीसँगै चुनावी मैदानमा उत्रिएका ढुंगानाको पक्षमा ४० प्रतिशत मतदाताले मतदान गरेका हुन् । ढुंगानासँगै कुमारी राई र सागर किराँती पनि सह–सचिवमा निर्वाचित भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।