एमाले परित्याग गर्दै धनकुटाको सहिदभूमीमा १४ जना युवा नेपाली कांग्रेसमा प्रवेश
धनकुटा । नेकपा एमाले परित्याग गर्दै धनकुटाको सहिदभूमी गाउपालिकाको ७ को साप्तिङ्गटारका १४ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनिहरुलाई आज एक कार्यक्रमको आयोजना गरि पार्टीका जिल्ला नेताहरुले नेपाली कांग्रेसमा स्वागत गर्दै सदस्यता प्रदान गरेका छन् । कांग्रेसको १४ औ महाधिवेशनबाट निर्वाचित वडा सभापतीहरुलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा नेताहरुले अवको धनकुटाको विकास र समृद्धी नेपाली कांग्रेसले गर्ने वताएका छन् ।
कार्यक्रमलाई कांग्रेस जिल्ला उपसभापती सुनिल कुमार डंगोल,जिल्ला सचिव विजय सन्तोषी राई,क्षेत्रिय सभापती जितेन्द्र राई,जिल्ला सदस्य तोर्ण खड्का,प्रदेश सभा निर्वाचिन क्षेत्रिय सदस्य साजन राई, सहिदभूमी पालिकाका सभापती टंक राई,सागुरीगढी गाउपालिकाको सभापती नेपाल धन राई,नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,दलित संघका पालिका अध्यक्ष कलम परियार लगायतले जिल्लाको विकास र समृद्धीको नेतृत्व अव कांग्रेसले गर्ने वताएका हुन् ।
पार्टीका सहिदभूमी गाउपालिका वडा नं। ७ का वडा सभापती मंगलसिंह राईको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा उपसभापती मान वहादुर मगरले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटा जिल्ला सहिद भूमी गाउपालिका वडा नं १ का सभापती भिमनाथ खड्का,वडा नं २ का सभापती दुर्गा विष्ट,वडा नं ३ का सभापती रत्न राई,वडा नं ४ का सभापती सन्तोष राई,वडा नं ५ का सभापती कनक राई,वडा नं ७ का सभापती विकास राई,सहिदभूमी पालिका सभापती टंक राई लगायतलाई माला टिका लगाई बधाई ज्ञापन गर्दै सम्मान गरिएका थियो ।


