नेकपा(एस) अनेरास्ववियू धनकुटाको ४१ सदस्यीय जिल्ला कमिटी गठन
धनकुटा । नेकपा (एकीकृत समाजवादी ) धनकुटा जिल्ला अनेरास्ववियुको जिल्ला भेला सम्पन्न भएको छ ।
भेलाद्वारा सन्दिप चेम्जोंग अध्यक्ष र कविता कार्कीलाई सचिव चयन गर्दै ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
अनेरास्ववियू केन्द्रीय सचिव सावित्रा घिमिरेको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथिको रुपमा नेकपा एस केन्द्रीय सदस्य धर्मराज पौडेलको उपस्थिति रहेको थियो । विशिष्ट अतिथिको रुपमा अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ईन्चार्ज केसरी रेग्मीको रहनु भएको थियो साथै अनेरास्वियू केन्द्रीय सचिव राजेश खड्का ,शम्भु घिमिरे ,सुमन कार्की लगायत पार्टी नेताहरुको उपस्थिति रहेको थियो ।
तराईमा बाक्लाे हुस्सु, कुन विमानस्थलको भिजिबिलिटी कति ?
काठमाडौं, १६ पुस/बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तराईका विमानस्थलमा भिजिबिलिटी निकै घटेको छ । भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान बिहानैदेखि डप्प छन् ।
त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरमा झरेको थियो । अहिले भिजिबिलिटी केही बढे पनि अझै उडान सूचारु हुन सकेको छैन ।विमानस्थल कार्यालयका अनुसार सामान्यतयाः उडान र अवतरणका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिन्छ ।
तर, काठमाडौं मात्र होइन तराईका विमानस्थलको भिजिबिलिटी पनि निकै घटेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सिमरा र भैरहवा विमानस्थलमा भिजिबिलिटी १०० मिटरम झरेको छ । त्यस्तै, धनगढी र नेपालगन्ज विमानस्थलमा ५ सय मिटर मात्र भिजिबिलिटी छ । विराटनगरमा ६ सय मिटर र जनकपुरमा ८ सय मिटर मात्र भिजिबिलिटी रहेको महाशाखाको तथ्यांक छ ।
यद्यपि, दिउँसो भने कुहिरो र हुस्सु हट्दै जाने आँकलन गरिएको छ ।


