महालक्ष्मी नगरपालिकामा जनता संग कांग्रेस अभियान सञ्चालन गर्ने

पौष १८,धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा जनता संग कांग्रेस अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । नेपाली कांग्रेस महालक्ष्मी नगर समितिको वृहत भेलाले कांग्रेसलाई अब्बल,बलियो बनाउन जनता सँग कांग्रेस अभियान नै चलाउने निर्णय गरेको हो ।

अभियान अन्र्तगत महालक्ष्मी नगरपालिका क्षेत्रका सवै जनता समक्ष पुगेर उनीहरुको हरेक समस्याको समाधान गर्ने निर्णय गरिएको कांग्रेस नगर सभापती ध्रुव रायले वताउनु भयो । भेलाले उक्त अभियान संचालन गर्ने सहित थप रणनिति समेत तयार पारेको उहाँले वताउनुभएको छ ।

भेलालाई सम्बोधन गर्दै पार्टीका जिल्ला सभापती दिनेश राईले अव कांग्रेसले नया ढंगबाट पार्टी विस्तार तथा सुदृढीकरण गर्दै जनता माझ जाने वताउनु भयो । वृहत भेलामा पार्टीका पूर्व जिल्ला सभापती अग्नी प्रसाद पौडेल, प्रदेश कार्य समिति सदस्य मिना राई,जिल्ला सचिव विजय सन्तोषी राई,पूर्व जिल्ला उपसभापती घनेन्द्रराज श्रेष्ठ,क्षेत्रिय सभापती ख का राजन पौडेल,महाधिवेशन प्रतिनिधि लेखनाथ पौडेल,खेम पौडेल,उदय लिम्बु क्षेत्रिय सदस्य तिलक महत, परिर्वतन राज पौडेलले नेपाली कांग्रेस अव सवै जनता सँग प्रत्यक्ष रुपमा सधै जाँदै निर्वाचनको तयारीमा जुट्ने वताएका छन् ।

भेलामा स्वागत मन्तव्य उपसभापती हिक्तमत भण्डारीले राख्नुभएको थियो । सञ्चालन सचिव कृष्ण केशीले गर्नु भएको थियो । भेलामा नेपाली कांग्रेस महालक्ष्मी गरपालिकाका सम्पूर्ण वडाका वडासभापतिहरुले आ आफ्नो वडाको संगठनको अवस्थाको वारेमा जानकारी गराएका थिए । भेलामा २ सय बढी सहभागितालाई नेपाली ढाकाको टोपी समेत वितरण गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।