गठबन्धन सरकारद्वारा धनकुटाको ७ अर्ब बजेट कटौती– सांसद राई

छथर जोरपाटीका ९४ घरलाई जस्तापाता बितरण

नारायण कुमार राई,धनकुटा । धनकुटाको बिकास बजेट कटौती गर्ने सरकारको कदम संबिधान र कानून बिपरित भएकोले यसका बिरुद्ध आवाज उठाउन संघिय सांसद राजेन्द्र कुमार राईले धनकुटेली जनतालाई सचेत गराउनु भएको छ ।राईले छथर जोरपाटी गाउँपालिकाका नागरिकहरुलाई जस्तापाता बितरण गर्दैै वर्तमान गठबन्धनले धनकुटेली जनतालाई गरेको अन्याय प्रति सबैले आवाज उठाउनु पर्ने बताउनु भएको हो ।

‘अघिल्लो केपी ओली नेतृत्वको सरकारले धनकुटाको बिकासका लागि बिनीयोजन गरेको १० अर्ब मध्ये ७ अर्ब रकम कटौती गरेको छ ।’– राईले भन्नु भयो । ‘रातो किताबमा परिसकेको उक्त योजनाहरु कटौती गरेर वर्तमान देउबाको गठबन्धन सरकारले संबिधान र जनता बिरोधी काम गरेको छ ।’सरकारको यो असंबैधानिक कदमको धनकुटाका जनताहरुले तिनका दल र दलका नेताहरुलाई प्रश्न गनुपर्ने राईले सुझाव दिनुभयो ।

पालिकाको आयोजनामा सम्पन्न जस्तापाता (टिन) बितरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी राईले पालिकाका वडा नं.१,२,३ र ६ का ९४ घर परिवारलाई रंगिन जस्तापातार प्रभाण–पत्र बितरण गनुभएको थियो ।‘गुणस्तरीय जीवनस्तरका लागि आवास सुधार कार्यक्रम’ अन्तर्गत संघिय हस्तान्तरित बिशेष अनुदान कार्यक्रमबाट उक्त जस्ता बितरण गरिएको पालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।

अनुदानमा प्राप्त ८३ लाख मध्ये टेन्डर प्रक्रियाबाट खरिद गरिएको ५७ लाख ३५ हजार ६ सय ५४ रुपैंया बराबरको ४१० बण्डल जस्त बितरण गरिएको लिम्बूले कार्यक्रममा जानकारी दिनुभयो ।बाँकी वडा नं.४ र ५ मा जनता आवास कार्यक्रम अन्तर्गत १९० घरका लागि गत बर्ष देखि शुरु भएको जस्तापाता बितरण कार्यक्रम यो बर्ष पुरा हुने जानकारी गराउनुभयो ।

गत बर्ष कोरोनाका कारण दुबै वडाका ४०÷४० घरलाई जस्तापाता दिईएको थियो । बाँकी रहेका ११० घरलाई जस्ता किन्न पहिलो किस्ता रकम सम्बन्धित ब्यक्तिको खातामा निष्काशन गरिसकिएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।पालिकाको आयोजनामा आईतबार भएको जस्तापाता बितरण कार्यक्रम मार्फत् वडा नं.१ र ३ का ३०÷३० घर,वडा नं.२ का २३ र वडा नं.६ का ११ घर परिवारलाई जस्तापाता दिईएको प्रशासन शाखा प्रमुख एवं सूचना अधिकारी नेत्रबहादुर क्षेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका सदस्य शिब आङ्ला(लिम्बू) ले जस्तापाता पाउने सबैलाई सुरक्षित आवासको लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।जस्तापाता बितरण कार्यक्रममा छथर जोरपाटी गाउँपालिका स्तरीय पाटी कमिटीका प्रतिनीधिहरु क्रमश ः नेकपा एमाले अध्यक्ष ईन्द्र सारु मगर,नेपाली कांग्रेसका सभापति छत्र सुब्बा(लिम्बू),नेकपा माओवादीका उपाध्यक्ष एलबी लिम्बूको उपस्थिति रहेको थियो ।

पालिकाका उपाध्यक्ष भीमला श्रेष्ठ,निमित्त प्रमुख प्रशासकीय अधिकृत चुंडा बोहोरा,पालिका सदस्यहरु दाकिमु शेर्पा,गंगामायाँ लिम्बू लगाएतको उपस्थिति रहेको थियो ।कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष पुखमान आले,२ का कृष्ण कुमार मगर,४ का टेकबहादुर तामाङ्ग र वडा नं.६ का दिलबहादुर थापाको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।