तुम्बा क्षेत्रिय कार्य समिति सदस्यमा मनोनित
धनकुटा । नेपाली कांग्रेसले धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ मारेकका युवेन तुम्बालाई क्षेत्रिय कार्य समिति सदस्यमा मनोनित गरेको छ ।
पार्टीको विधान अनुसार तुम्बालाई प्रदेशसभा (ख)क्षेत्रिय कार्य समिति सदस्यमा मनोनित गरिएको प्रदेश सभा (ख) क्षेत्रिय सभापति राजन पैडेलले जानकारी दिनुभएको छ । यो सँगै क्षेत्रिय कार्य समिति २५ सदस्यीय भएको छ । अब चाँडै कोषाध्यक्ष मनोनयन, बिभिन्न बिभाग गठन र भातृ तथा शूूभेच्छुक संस्थाहरूलाई पुर्णता दिने,तयारी गरिएको पनि उहाँले बताउनु भएको छ ।
क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा
काठमाडौं, १६ माघ /आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा जित हात पार्दै दुबै टोलीले अन्तिम चार पक्का गरेका हुन् ।
घरेलु मैदानमा कार्ल टोको एकाम्बीले दोस्रो हाफमा दुई गोल गरेपछि क्यामरुनले सहज जित हात पार्याे । २९ वर्षीय टोकोले खेलको ५० र ५७औं मिनेटमा गोल गरे ।
अब क्यामरुनले फाइनल प्रवेशका लागि इजिप्ट र मोरक्कोको बीचको विजेताको सामना गर्नेछ ।
१० खेलाडीमा सीमित बुर्किना फासोले तुनिसियालाई १-० अन्तरले पराजित गरेकाे हाे । बुर्किनाको जितमा पहिलो हाफको इन्जुरी समयमा डान्गो औताराले गरेको गोल निर्णायक रह्यो ।
खेलको ८२औं मिनेट गोलकर्ता १९ वर्षीय डान्गोले रातो सामना गरे ।
अब बुर्किना फासोले फाइनल प्रवेशका लागि फाइनल प्रवेशका लागि सेनेगल र गिनीबीचको विजेतासँग खेल्नेछ ।


