जनयु’द्ध र जनआ’न्दोलनका उपलब्धिहरुलाई बचाउन राजनीतिक दलद्वारा आफुहरु एकतावद्ध हुने घोषणा
धनकुटा । जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरुलाई बचाउन विभिन्न तीन राजनीतिक दलले आफुहरु एकतावद्ध हुने घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र नेकपा क्रान्तिकारी धनकुटाले आज पत्रकार सम्मेलन गरी त्यस्तो जानकारी गराएका हुन् ।
ती पार्टीका जिल्ला संयोजक तथा सेक्रेटरीहरु क्रमश ऋषीराम ढुंगाना,नविन र आलोकद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत जनआन्दोलनका उपलब्धिलाई बचाउदै विभिन्न काल खण्डमा भएका परिर्वतनकारी अन्दोलनको सम्मान गर्दै राष्ट्रियता र जनजिविकाका प्रश्नहरु क्रान्तिकारी मूल्य मान्यता सहित हल गर्न आफुहरु सहकार्य गर्न तयार रहेको उल्लेख छ ।
गणतन्त्र विरोधि शक्तिहरुले जनयुद्धका बलमा भएका परिवर्तनलाई सक्न र फरि पनि राज्य सत्ता प्रतिक्रियावादीहरुकै हातमा पार्नका लागि जोड गरिरहेको आरोप लगाउदै यसको बचाउका लागि आफुहरुले सहकार्य गर्ने घोषणा गरेको विज्ञप्ति मार्फत स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा भनिएको छ बैचारिक मत भिननता रहदा रहदै पनि व्यापक रुपमा बढ्दै गउको भ्रष्टचार र सामाजिक विभेदको विरुद्ध आश्यक्ता अनुसार संर्घष गर्न भेगभित्र हामी सहकार्य गर्ने निर्णय गरेका छौ । साथै जनताको न्याय, समानताका लागि सामुहिक संर्घष गर्न तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।



