एमसिसीमा द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौंँ, १७ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग मिलीनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी सम्झौता संसद्बाट पास भइसकेकाले अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने बताएको छ ।

एमालेले एमसिसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमसिसीको पक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै विदेशी सहायताको सम्झौता गर्नु अगाडि यथेष्ट ध्यान दिनुपर्नेमा सम्झौता नै गरिसकेपछि यसको कार्यान्वयनमा लाग्नुपर्ने बताएको हो ।

सो अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसीलाई विकास परियोजनाका रुपमा लिनुपर्ने बताउँदै यसमा मतभेद, द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न आग्रह गर्नुभयो । एमसिसीको विरुद्धमा सडकमा कार्यकर्ता ओरालेर आन्दोलन गराउनु गलत भएको उहाँको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले तत्काल ताजा जनादेशका लागि सरकार जानुपर्ने बताउँदै लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस र एमालेबीच छलफल भएको बताउनुभयो । उहाँले लोकतन्त्रका लागि लड्दै आएको नेपाली कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्नेसमेत बताउनुभयो ।

उहाँले एमसिसी पास गर्दा आफूहरूलाई संसदीय प्रक्रियामा सहभागी हुने वातावरणसमेत नबनाई एमालेलाई पाखा लगाउने काम भएको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले प्रतिनिधिसभामा प्रस्तुत गरिएको एमसिसीको व्याख्यात्मक टिप्पणी भ्रमको खेती भएको आरोप लगाउनुभयो ।

एमसिसी सम्झौता इन्डो प्यासिफिक रणनीति (आइपिएस)को अङ्ग हो भनेर हल्ला चलाइएको तथा आफ्नो सरकारले संसद्मा पेस गरेर गल्ती ग¥यो भनिएको प्रसंग उल्लेख गर्दै उहाँले तत्कालिन मन्त्री प्रदीप ज्ञवाली अमेरिका गएर यसलाई आइपिएसको अङ्ग बनाइयो भनेरसमेत हल्ला चलाइएको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “अमेरिका भनिरहेको छ आइपिएसको अङ्ग होइन । अहिले उहाँहरु पनि भन्नुहुन्छ आइपिएसको अङ्ग होइन । व्याख्यात्मक घोषणामा पनि उनीहरुले होइन भनेका छन् । अनि ज्ञवालीले आइपिएसको अङ्ग बनाएको भनेर कोलाहल किन गरेको ?” (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।