१० मध्ये नौ पालिकामा एकीकृत समाजवादीको पालिका कमिटी गठन

खोटाङ ।नेकपा (एकीकृत समाजवादी) खोटाङले १० पालिकामध्ये नौ पालिकामा पालिका स्तरीय कमिटी गठन गरेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिका पालिका स्तरीय कमिटी गठन गरिएको हो ।

मंगलबार खोटेहाङ गाउँपालिकामा तिर्थ प्रधानको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी)को ३५ सदस्यीय पालिका अधिवेशन आयोजक कमिटी गठन गरिएको छ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बबी चाम्लिङको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष जलसेर राईको विशेष आतिथ्यतामा पालिका अधिबेसन आयोजक कमिटी गठन गरिएको हो ।

पालिका अधिवेशन आयोजक कमिटी गठनका क्रममा नेकपा (एकीकृत समाजवादी)का प्रदेश कमिटी सदस्य तारानाथ दाहाल, श्यामराज राई, मिलन श्रेष्ठ, जिल्ला उपाध्यक्ष नरेशकुमार राई लगायतको उपस्थिति रहेको थियो । नेकपा (एकीकृत समाजवादी)का अनुसार अव रावाबेँसी गाउँपालिकामा मात्र पालिका कमिटी बिस्तार गर्न बाँकी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।