सुनसरी माओवादीका प्रदेश नेता नेकपा एसमा प्रवेश

इनरुवा । नेकपा माओवादी केन्द्रका प्रदेश एकका नेता चन्द्रबहादुर कार्की सो पार्टी परित्याग गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन । शनिवार इनरुवामा आयोजित कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेताहरुले माओवादी केन्द्रका नेता चन्द्रबहादुर कार्कीलाई पार्टी प्रवेश गराउदै स्वागत गरेका हुन ।

२०६० सालदेखि २०६३ सालसम्म सुनसरीबाट पक्राउ गरि मोरङ कारागारमा जनयु’द्धका सश’स्त्र ल’डाकुका रुपमा तत्कालिन सरकारले जेलमा राखेका नेता कार्की सुनसरी माओवादी भित्रका बैचारिक ए्रव अगुवा नेताका रुपमा परिचित रहदै आएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता कार्कीले लामो समय नेकपा माओवादीको आन्दोलनमा भुमिगत हुदै जेल जिवन विताए पनि माओवादी भित्र बढदै गएको व्यत्तीवादी प्रवृति र गलत चिन्तनका कारण कम्युनिष्ट विचार सिद्धान्त समाप्त भएको ठहर गरि नेकपा एसमा प्रवेश गरेको बताए ।

२०३७ सालमा रघुपति जुटमिलमा भएको तिन महिने भोक हडतालको अगुवाई गरेका नेता कार्कीले गणतन्त्र र समाजवाद स्थापनाका लागि हजारौ हजार नेता कार्यकर्ता र लाखौ जनताले गरेको सधर्ष माओवादीले सत्ता प्राप्तीका लागि बिर्सेकाले आफुले अहिलको परिवेशमा नेकपा एसलाई सहि ठहर गरि प्रवेश गरेको बताए ।

नेकपा एस सुनसरीका अध्यक्ष गोविन्द निरौलाले कम्युनिष्ट आन्दोलनमा उहाँले पु¥याएको योगदानको कदर गर्दै प्रदेश कमिटीको सल्लाहकारमा जिम्मेवारी दिएर पार्टीमा उहाँलाई सम्मान गरिएको बताए ।

कार्यक्रममा नेकपा एसका पोलिटव्युरो सदस्य तथा सुनसरी इन्चार्ज महफुज आलम अन्सारी, केन्द्रिय सदस्य केशव विष्ट, केन्द्रिय परिषद सदस्य शम्भुप्रसाद आचार्य, सागर तिम्सीना, सिताराम घिमिरे, सिएन पाठक प्रदेश तथा जिल्ला नेताहरुको सहभागीता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖