माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी, नारायणकाजी श्रेष्ठ पक्ष पनि सहभागी

काठमाडौं, २३ फागुन । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । आइतबारका लागि बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरी सोमबारका लागि बोलाइएको हो ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ । बैठकमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरू पनि सहभागी छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर श्रेष्ठ समूहले असन्तुष्टि सार्वजनिक गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठ समूहलाई पार्टी छाडेर जान सक्ने, आफूले केही गर्न नसक्ने अभिव्यक्ति दिएपछि सम्बन्ध बिग्रिएको थियो । आजको केन्द्रीय समिति बैठकमा श्रेष्ठ समूहले आफ्ना असहमति दर्ज गराउन सक्ने स्रोतले बतायो ।

राष्ट्रिय महाधिवेशन सम्पन्न भएको तीन महिनापछि माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो बैठक बसेको हो । आजको बैठकमा अध्यक्ष प्रचण्डले बाँकी केन्द्रीय सदस्य पनि मनोनीत गर्ने भएका छन् । माओवादीले अझैसम्म पदाधिकारी चयन गर्न सकेको छैन । महासचिव चयन गर्न सकस भएपछि प्रचण्डले पदाधिकारी तत्काल मनोनयन नगर्ने स्रोतले बतायो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।