प्राकृतिक विविधतायुक्त नेपाल गरिबी र पछ्यौटेपनमा रहन सक्दैनः अध्यक्ष ओली

काठमाडौँ, १ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पर्सा जिल्लाका जनप्रतिनिधिसहित जनता समाजवादी पार्टीका विभिन्न कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराउनुभएको छ ।

एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्च र युवा सङ्घ नेपाल, भक्तपुर शाखाले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले पर्साको पोखरिया नगरपालिकाका–६ का वडाध्यक्ष सियानन्दप्रसाद चौहान र जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनका मुख्यसचिव राकेश महतोलगायतलाई प्रवेश गराउनुभएको हो ।

नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष ओलीले एमालेको देश बनाउने सही बाटो र गन्तव्यलाई मान्दै अहिले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको जनाउँदै हिमाल, पहाड र तराईका प्राकृतिक विविधतायुक्त नेपाल गरिबी र पछ्यौटेपनमा रहिरहन नसक्ने बताउनुभयो । उहाँले नेपालले आफ्नो उत्पादन गरेर अरु मुलुकलाई निर्यात बढाउनेतर्फका योजना अघि सारेर आत्मनिर्भर मुलुक बनाउने एमालेको अभियानमा साथ दिन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले औद्योगिक क्षेत्रको विस्तार, उत्पादन र रोजगारी बढाएर मुलुकलाई राष्ट्रिय अर्थतन्त्रलाई माथि लान सीता जन्मभूमि जानकी क्षेत्रको मधेश प्रदेश सक्षम भएको बताउनुभयो । उहाँले आफ्नो सरकारको कार्यकालमा सुरु भएको वीरगञ्ज–काठमाडौँ रेलजस्ता आयोजना अघि बढाउन एमालेले पुनः सरकारको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमालेका नेता महेश बस्नेतले विगतमा एमालेले मधेश जागरण अभियान सञ्चालन गर्दा अवरोध गर्न खोज्नेले अहिले पछुताउन थालेको जनाउँदै मधेशको समृद्धि र विकासका लागि अध्यक्ष ओली नेतृत्वकै सरकारले काम गरेको जिकिर गर्नुभयो ।

युवासङ्घका अध्यक्ष किरण पौडेलले एमालेमा युवाको आकर्षण बढ्दै गएको बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।