चाँडै प्रदेश खेलकुद विकास बोर्ड गठन हुन्छ : मुख्यमन्त्री राई

धरान, १९ चैत । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले चाँडै प्रदेश खेलकुद विकास बोर्ड बनाएर खेलकुदका गतिविधि सञ्चालन गर्ने बताउनुभएको छ । धरानमा आज आयोजित स्व रेवाहाङ राई स्मृति अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको समापनमा मुख्यमन्त्री राईले खेलकुद विकासमा प्रदेश सरकार गम्भीर भएको बताउनुभयो ।

रेवाहाङ राईको सम्झनामा उहाँका बाबु रेवतीरमण राई र माता सुजता राईले कोष निर्माण गरिदिएर बास्केटबल खेलका लागि योगदान दिएकामा धन्यवाद दिनुभयो । अफिसियल खेलका रूपमा विकास भएको बास्केटबल अब प्रदेशमा गति लिने उहाँको भनाइ थियो । स्व रेवाहाङ राई स्मृति अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको आगामी वर्ष प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने पनि उहाँले आयोजकलाई आश्वासन दिनुभयो ।

नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरज लामाले नेपालमा बास्केटलको सुरुआत २०१० सालताका धरानमा व्रिटिसहरूले सुरु गरेको स्मरण गराउनुभयो । सरकारले अन्य खेलमा लगानी गरे पनि बास्केटबलमा लगानी शून्य भएकाले बास्केटबलमा लगानी गर्न मुख्यमन्त्री राईलाई ध्यानाकर्षण गराउनुभयो । धरान मेघा हिमालयन कलेजको आयोजनामा भएको प्रतियोगिता धरानका विभिन्न कलेजले सहभागिता जनाएका थिए ।

बास्केटबलका उदीयमान खेलाडी रेवाहाङको १३ महिनाअघि निधन भएको थियो । डिपोट उच्च मावि कक्षा ९ मा अध्ययन गर्दैगर्दा असामायिक निधन भएपछि उहाँका मातापिताले खेल विकासमा योगदानका लागि रु दुई लाखको अक्षयकोष स्थापना गरिदिनुभएको छ । सोही कोषको ब्याज रकम र विभिन्न दाताको सहयोगमा प्रतियोगिता गरिएको प्रदेश नं १ का बास्केटल प्रशिक्षक तथा धरान बास्केटबल सङ्घका सचिव विकास राईले जानकारी दिनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖