धनकुटाको हिलेमा प्रदेश १ पालिका स्तरिय १५ औ रामनवमी कप भलिवल प्रतियोगिता शुरु

शर्मिला राई/धनकुटा,२५ चैत ।हिले भलिवल क्लवको आयोजनामा आजबाट प्रदेश १ पालिका स्तरिय १५ औ रामनवमीकप भलिवल प्रतियोगिता धनकुटा १ हिलेमा शूरु भएको छ ।

प्रतियोगिताको उद्घाटन १ नं प्रदेश संसद निरन रईले गर्नुभएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश १ अन्र्तगतका विभिन्न जिल्लाका ८ पालिकाले सहभागिता जनाएको हिले भलिवल क्लवका अध्यक्ष सञ्जिप तितुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिताको आज पहिलो दिन एक खेल भएको छ । झापा गाउँपालिका र आयोजक हिले भलिवल क्लव वीच भएको खेलमा २५-१४,२५-१९ र २५-१६ को सोझो सेटले झापा विजयी भएको छ । भोलिको खेल विहान ९ बजेदेखी शूरु हुने छ ।

२७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजयी प्रथम हुने टिमले नगद १ लाख २१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र र दोश्रो हुने टिमले नगद ६१ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् ।

सेमी फाईनलमा पुग्ने प्रेत्येक टिमलाई ५-५ हजार भत्ताको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।