वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रचण्डको अपिल

काठमाडौँ, १ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवालाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल गर्नुभएको छ ।

नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना दिँदै उहाँले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न आग्रह गर्नुभयो ।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनका क्रममा दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले सङ्घीयतालाई जनताको घरदैलोसम्म पु¥याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले वर्तमान राजनीतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको बताउनुभएको छ ।

देश, लोकतन्त्र र संविधानविरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको उल्लेख गर्दै अध्यक्ष दाहालले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति तथा समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको यस गठबन्धनलाई अभिमत प्रकट गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले नयाँ वर्षले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादको यात्रामा अग्रसर हुन नयाँ वर्षले प्रेरणा दिने विश्वाससमेत व्यक्त गर्नुभएको छ । उहाँले नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकताको भावना विकास गराउने विश्वास पनि व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सहित उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖