सत्ता गठबन्धनको बैठक : महानगर र उपमहानगरको सिट बाँडफाँटमा केन्द्रित

काठमाडौँ, ५ वैशाख । सत्ता गठबन्धन दलबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटका विषयमा छलफल भएको छ ।

गठबन्धन दलका शीर्ष नेताबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटलाई सम्भवतःआजै टुङ्गो लगाउने सहमति पनि भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि सुरु भएको गठबन्धन दलका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिको बैठकमा सो विषयमाथि छलफल भएको हो ।

बिहानको बैठकमा छलफल जारी रहेको र खानाका लागि केही समय स्थगन गरी बैठक पुनःअपराह्न २ः३० बजेपछि बस्ने प्रधानमन्त्रीका कानून विज्ञ एवं समितिका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।

बैठकमा विशेषगरी छ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँटबारेमा छलफल भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।