उम्मेदवारी दर्ता सुरु

झापा, ११ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १५ पालिकाका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले उम्मेदवारी मनोनयन दर्ता सुरु गरेका छन् ।

आज बिहान १० बजेबाट सुरु भएको मनोनयन दर्ता प्रक्रियामा चन्द्रगढीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर भद्रपुर नगरपालिकाबाट उम्मेदवार बनेका मौलिक जरोकिलो पार्टीले पहिलो मनोनयनपत्र दर्ता गरेको हो ।

मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले स्वतन्त्र रुपमा उम्मेदवार बनेका र साना दलहरुले कार्यालयमा मनोनयनपत्र दर्ता गराइरहेको जानकारी दिनुभयो । उम्मेदवारका लागि आज र भोलि मनोनयनको समय तोकिएको छ । उहाँका अनुसार जिल्लामा ३६ राजनीतिक दल निर्वाचनमा सहभागी बनेका छन् ।

जिल्लाका अन्य पालिकामा रहेका निर्वाचन अधिकृतका कार्यालयमासमेत उम्मेदवार मनोनयनका लागि भीड बढ्न थालेको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖