स्थानीय तह निर्वाचन : म्याग्दीमा १७४ जनाको मनोनयन दर्ता

म्याग्दी, १२ वैशाख । जिल्लाका छ पालिकामा आइतबार १७४ उम्मेदवारले आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा न्यून सङ्ख्यामा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दल र स्वतन्त्र उम्मेदवार गरी १७४ जनाले मनोनयन दर्ता गराएका छन् । रघुगङ्गा गाउँपालिकामा ७५, अन्नपूर्ण गाउँपालिकामा ४७, मालिका गाउँपालिकामा २७, धवलागिरी गाउँपालिकामा ३ र बेनी नगरपालिकामा दुई जनाको मनोनयन दर्ता भएको हो ।

मनोनयन दर्ता गरेकामध्ये धैलागिरिका एक, रघुगङ्गाका तीन र बेनीका दुई जना स्वतन्त्र हुन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले अन्नपूर्णमा दुई वडासदस्यबाहेक पहिलो दिन कुनै पनि पालिकामा मनोनयन दर्ता गरेनन् ।

रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा सबै प्यानलमा मनोनयन दर्ता गरेका नेपाली कांग्रेसका उम्मेदवार बाजागाजा र ¥यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । एमालेले उम्मेदवार टुङ्गो लगाउन बाँकी भएको र सत्ता साझेदार दलहरुबीच सिट बाँडफाँडमा सहमति जुटेको छैन । रघुगङ्गाको अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी, उपाध्यक्षमा प्रेमकुमारी पुन, स्वतन्त्रबाट अध्यक्षमा सागर भण्डारी र उपाध्यक्षमा अनुरोध रिजालले मनोनयन दर्ता गर्नुभएको निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । मङ्गोल नेशनल अर्गनाइजेशनले रघुगङ्गामा तुलप्रसाद गर्बुजालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ ।

अन्नपूर्णका निर्वाचन अधिकृत जानुका सुवेदीका अनुसार अध्यक्षमा कांग्रेसका बलबहादुर तिलिजा पुन, नेशनल मङ्गोल अर्गनाइजेशनका गेमप्रसाद गर्बुजा र उपाध्यक्षमा एलिना शेरपुञ्जाको मनोनयनपत्र दर्ता भएको छ । माओवादीबाट वडा नम्बर ३ दानाको वडासदस्यमा सङ्गीता सार्की विक र वडा नम्बर ५ को खुला वडासदस्यमा पूर्णबहादुर पाइजाले मनोनयन दर्ता गराउनुभएको छ ।

कांग्रेसले माओवादीलाई दुई वडा सदस्य छोडेर आठवटै वडाका सबै पदमा उम्मेदवारी दिएको जनाएको छ । बेनीको वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठ र कृष्णबहादुर शाक्यले मनोनयन दर्ता गर्नुभएको छ ।

मङ्गलाका निर्वाचन अधिकृत धर्मराज पौडेलले कांग्रेस र राप्रपाका २० जनाले मनोनयन दर्ता गराएका बताउनुभयो । मालिकामा मङ्गोलले पालिका अध्यक्षसहित २७ पदमा मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारीदिनुभयो ।

मङ्गोलका खमबहादुर रोकाले मालिका गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको हो । कांग्रेसले दरवाङ बजारमा ¥यालीसहितको शक्ति प्रदर्शन गरे पनि समय सकिएकाले मनोनयन दर्ता गरेनन् ।

धौलागिरिका निर्वाचन अधिकृत भोलाराज रेग्मीले एक जना स्वतन्त्र र दुई जना कांग्रेसका उम्मेदवारको मनोनयन दर्ता भएको बताउनुभयो । वडा नम्बर ७ को अध्यक्षमा अर्जुनबहादुर थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेसबाट वडा नम्बर ५ को अध्यक्षमा अमरबहादुर छन्त्याल र एक जना सदस्यको मनोनयन दर्ता भएको छ ।

एमालेले धौलागिरि र बेनीको प्रमुख÷उपप्रमुख तथा मालिका र मङ्गलाको उपाध्यक्षका उम्मेदवार छनोट नगरेकाले आइतबार मनोनयन दर्ता नगरेको हो । माओवादी केन्द्रले सत्तासाझेदार दलको तालमेलका लागि केन्द्रीय र प्रदेश कमिटीको आग्रहमा सोमबार मात्र मनोनयन दर्ता गर्ने जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖