धरान कांग्रेसमा ठूलो पहिरो, दुई वडाध्यक्ष राप्रपामा प्रवेशसँगै अध्यक्षमा मनोनयन दर्ता

धरान मनोनयन दर्ताको अन्तिम दिन बैशाख १२ गते नै नेपाली कांग्रेस धरानमा ठूलो झड्का लागेको छ । धरान–१४ नं. वडाबाट नेपाली कांग्रेसबाट सानदार मत ल्याएर विजयी वहालवाला वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले नेपाली कांग्रेस परित्याग गरि दर्जनौ कार्यकर्तासहित राप्रपामा प्रवेश गर्नु भएको छ । यस्तै १ नं. वडाका वडाध्यक्ष रोशन अधिकारीसहित करिव दुई सय कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका छन् ।

कांग्रेसबाट फेरी वडाध्यक्षमा टिकट प्रायः निश्चित भएर सोमबार नै वडाध्यक्षबाट राजीनामा दिनु भएका भट्टराई र अधिकारीलाई एकाएक मंगलबार टिकट नदिए पछि कांग्रेस छाडेर राप्रपामा प्रवेश गर्नु भएको हो । उहाँहरुसहित वडाका दर्जनौ कार्यकर्ताहरुले पार्टी छाडेका छन् । १४ नं. वडामा कांग्रेसले स्थानीय श्याम श्रेष्ठलाई टिकट दिएर पछि असन्तृष्ट पक्षले पार्टी छाडेका हुन् । १ नं. वडामा कांग्रेसबाट द्वारिका आचार्यलाई टिकट दिएको छ ।

धरान–१ वाट नगर सभा सदस्य विवेक प्रसाईसहित नगर सदस्य तथा पार्टीका क्रियाशिल सदस्यहरुले कांग्रेस छाडेर राप्रपा गएका छन् । करिव २ सय जना आफुसँगै राप्रपामा गएको रोसनले बताउनु भयो । उहाँहरु दुवैले पुन वडाध्यक्षमा मनोनयन दर्ता गराउनु भएको छ ।

‘पार्टीले अन्याय ग¥यो । मेरो लोकप्रियता र विगतमा वडाध्यक्ष भएर गरेको कामको प्रभावले राप्रपाले पुन अध्यक्ष बनाउने प्रस्ताव ल्यायो । त्यही भएर हामी वडाका सबै कांग्रेसका साथीहरु राप्रपामा प्रवेश ग¥यौं ।’–फोन सम्पर्कमा भट्टराईले भन्नु भयो–‘एकिन संख्या हिसाव गर्न पाएको छैन् । धेरै साथीहरु मसँग हुनुहुन्छ । मनोनयन दर्ता पछि हामी सबै साथीहरुसँग सल्लाहा गरेर घोषणा कार्यक्रम गछौं ।’

यस्तै ६ नं. वडाबाट भूपेन्द्र भट्टराईले टिकट नपाए पछि स्वतन्त्रा उम्मेद्वारी दिनु भएको छ । पार्टीले वडाध्यक्षमा कृष्णकुमार राईलाई टिकट दिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖