प्रदेश नं १ को नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर, २९ जेठ । प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले आज पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(३) बमोजिम आव २०७९/८० का लागि मुख्यमन्त्री राजेन्द्रकुमार राईले सो प्रस्ताव पेश गर्नुभएको थियो ।

नीति तथा कार्यक्रममा उठेका प्रश्नका जवाफमा मुख्यमन्त्री राईले अघिल्लो सरकारको कारण वर्तमान सरकारलाई आर्थिक भार बढेको बताउनुभयो । उहाँले बहुवर्षीय योजनामा विगतका सरकारले प्रयाप्त बजेट विनियोजन नगरी योजना अघि बढेको अवस्थामा अहिलेको सरकारले ती योजनालाई पूरा गर्ने उद्देश्यका साथ अघि बढिरहेको बताउँदै विगतका सरकारका कारण अहिले सरकारलाई रु २७ अर्बको आर्थिक भार बढेको बताउनुभयो । सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफलमा सहभागी प्रतिपक्षका सांसदहरूले विगतकै सरकारको कपी पेस्ट हो भन्नुु र यो नीति तथा कार्यक्रममा केही छैन भन्नु आफूले नबुझेको भन्दै मुख्यमन्त्री राईले छलफलमा उठेका सकारात्मक र राम्रा कुरा ग्रहण गर्ने उल्लेख गर्नुभयो ।

उहाँले निजामती सेवामा आकर्षित गराउनका लागि अभिमुखीकरण कार्यक्रम ल्याउने, लोकसेवा परीक्षा तालिम गराउने उद्देश्यले नीति तथा कार्यक्रममा प्रवेश पाएको बताउँदै सरकार बाध्य भएर बहुवर्षीय योजनामा रकम विनियोजन गरिरहेको भन्नुुभयो ।

विशेष समय

प्रमुख प्रतिपक्षी एमालेका हिक्मतकुमार कार्कीले विगतका सरकारले प्रदेशको राजधानी कायम गरेको बताउनुभयो । उहाँले प्रदेशको नामकरण संसद्मा प्रवेश गराउने समयमा कोरोनाको महामारी फैलिएको भन्दै प्रदेशको नामकरण गर्न आफ्नै संयोजकत्वमा कार्यदल बनेको जानकारी दिनुभयो । उहाँले सरकारले प्रदेशको नामकरण गराउन प्रदेशमा प्रस्ताव प्रवेश गराउनुपर्ने सुझाव दिँदै प्रदेशको नामकरणमा सरकारले उदासिनता देखाउन नहुने तर्क गर्नुभयो ।

पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले प्रदेशवासीको साझा पहिचान देखाउने गरी प्रदेशको नामकरण हुनुपर्ने धारणा राख्दै विराटनगरमा सयौँ बिघा जग्गा रहेको र यसैमा प्रदेश सरकारको संरचना बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीहरूले समयमै पुस्तक नपाएकोमा चिन्ता व्यक्त गर्दै सरकारले किसानको लागि मल, बीउविजन समयमै उपलब्ध गराउन माग गर्नुभयो । उहाँले बैंकको चर्को ब्याज र आयातमा अप्ठ्याराहरू सिर्जना गरेर उद्योग र उद्योगी नफस्टाउने भन्दै वर्षातमा जनतालाई बाढीपहिरोबाट जोगाउन आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो ।

प्रदेशसभाको अर्को बैठक असार १ गते अपराह्न २ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।