इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण

बुटवल, ३ असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकम्कि अवतरण भएको छ ।

हेलकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए । करिब २० मिनेट हेलिकप्टर रोकिने क्रममा प्रधानमन्त्री देउवाले राजनैतिक भेटघाट गरेका थिए ।

उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेपाली कांग्रेस रुपन्देहीका सभापति एवम् तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खान, नेपाली कांग्रेस सिद्धार्थ नगर सभापति कोशिस बहादुर खड्का, तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुरुङ, नगर अध्यक्ष दिपेन्द्र बुढाप्रीती, युवा नेता एवम् पूर्व जिल्ला सदस्य ओमकुमार श्रेष्ठ लगायतका नेताहरुले भेटघाट गरेका थिए । करिब २० मिनेटको भैरहवा बसाईपछि प्रधानमन्त्री देउवा धनगढी प्रस्थान गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।