मापदण्ड विपरित सञ्चालित स्वीमीङ पुलको सेवा बन्द

मोहम्मद हबिब /भैरहवा, ४ असार । मापदण्डमै नरही स्वीमिङ पुल सञ्चालनपछि प्रशासनले भैरहवास्थित पौवा होटलको स्वीमीङ पुलको सेवा बन्द गरेको छ । शुक्रबार पौवा होटलस्थित स्वीमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको थियो । दुई साता अगाडि रातिको समयमा सोही ठाँउमा एक युवाको डुबेर मृ त्यु भएको थियो । केही दिनकै फरक डुबेर मृत्यु हुने दोहोरिएपछि तत्कालका लागि स्वीमिङ पुल बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

स्थानीय तथा परिवारले शनिबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेर प्रशासनलाई घटनाबारे ध्यानाकर्षण गराएका छन । होटलबाट कुनेै पनि प्रकारको सुरक्षा र बचावको काम नभएको भन्दै आक्रोशित परिवारले यस्ता घटना दोहोरिन नदिनका लागि सबै स्वीमिङ पुल मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा ल्याउनु पर्ने माग गरेका छन । ‘सकिन्छ भने मापदण्ड पुरा गरेर चलाउ हैन भने कसैको ज्यानसँग खेलवाड गर्न पाइदैन, पैसा कमाउने लोभमा अकालमा २ जनाको ज्यान जानु सानो कुरा होइन’, आक्रोशित परिवारले भने ।

‘नाममात्रै को सेफटी गार्ड थियो, स्वीमिङ पुल संचालन भए सम्म तालिम प्राप्त गार्ड र प्राविधिक हुनु पर्छ त्यस्तो केही पनि होटलले राखेको छैन । २० दिन अगाडि पनि होटलमा सोही प्रकृतिको घटना घटेको थियो । तर, होटलले घटना हुदा पनि अझै सम्म सुधार गरेको छैन’,मृतकका मामा पंकज उदासले भने ।

मृतक तुलाधार परिवारको एक मात्र छोरा थिए, उनी ३ दिनअघि मात्रै स्वीमिङ सिक्नका लागि मेम्बरसीप लिएका थिए । प्रशिक्षण दिन नसक्ने होटलले मेम्बरसीप लिएर विना प्रशिक्षक स्वाीमिङ पुल चलाइरहेको थियो । समयमा उद्धार नभएकोले भान्जा गुमाउनु परेको उदासले बताए ।

मृतकको शव हाल भैरहवास्थित भिम अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार होटल सञ्चालक र प्रहरीबीच छलफल जारी छ ।

सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले २० वर्षका लागि बाल उद्यान सञ्चालन गर्ने भनी समझौता गरेको छ, समझौतामा बाल उद्यान भनिएपनि सम्झौता विपरित करोडौंको संरचना बनाएर बाल उद्यानको साटो होटल सञ्चालन गरिएको छ ।

यता पौवा होटलका प्रबन्धक विष्णु भण्डारीले घटना हुदा ३ जना सेफटी गार्ड रहेको बताए । एक जना सानो स्वीमिङमा र २ जना ठूलो स्वीमिङ पुलमा थिए, उनीहरुलाई हामीले नै तालिम दिएर राखेका छौ ।

होटलका संचालक तथा कम्पनिका अध्यक्ष हरि थापाले अब मापदण्डमा आएर मात्रै स्वाीमिङ पुल संचलन गर्ने बताए, जब मापदण्ड पुरा हुन्छ अनि मात्रै चलाउछौ होइन भने चलाउदैनौ । घटना घटेकोमा हामी पनि दुखी छौ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।