‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’ ! पेट्रोल प्रतिलिटर रु १९९

काठमाडौँ, ६ असार । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ । आइतबारको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर रु १९९ बराबर पुगेको छ ।

बैठक सुरु भएलगत्तै नेकपा(एमाले)का सांसद पद्मा अर्यालले नागरिकको ढाड सेक्नेगरी मूल्यवृद्धि गरिएको आरोप लगाउनुभयो । उहाँले पेट्रोलपम्पमा स्टक राखेर मूल्यवृद्धि गरिँदा ठूलो आर्थिक लाभ हासिल भएको आरोप लगाउनुभयो ।

हेर्दा सामान्यरुपमा इन्धनको मूल्यवृद्धि भएको देखिए पनि यसले बजारमा चरम महँगी बढाउने भन्दै जनता निरास बनाउने काम गरिएको उहाँको भनाइ थियो । छोटोछोटो समयमा मूल्यवृद्धि गरेर नागरिकको दैनिक जनजीवन प्रभावित भएको उहाँले बताउनुभयो ।

उहाँले मूल्यवृद्धिका सम्बन्धमा सरकारको तर्फबाट उचित जवाफ नआउँदासम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने जिकिर गर्नुभयो । सांसद अर्यालको उक्त मागपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई उचित जवाफ दिन निर्देशन दिनुभयो ।

यस्तै उहाँले इम्बोस्ड नम्बर प्लेट जडानमा समेत आर्थिक अनियमितता गरिएको आरोप लगाउनुभयो । यस्तै सोही दलका सांसद लालबाबु पण्डितले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोग प्रस्तावमाथि हालसम्म पनि प्रक्रिया अगाडि नबढेकामा आपत्ति प्रकट गर्नुभयो । सोही दलका सांसद जगतप्रसाद सुनारले बाढी, पहिराका कारण कास्कीका विभिन्न स्थानमा वितण्डा मच्चाएको विवरण प्रस्तुत गर्नुभयो ।

सोही पार्टीकै सांसद गणेश पहाडीले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका विद्यार्थीमाथि यही असार ४ गते मिनभवन क्याम्पसमा आक्रमण गरिएको बताउनुभयो ।

सांसद सरिताकुमारी गिरीले न्यायको माग राख्दै आमरण अनशनमा बसेकी निहारिका राजपूतका सम्बन्धमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गर्नुभयो । शान्तिमाया तामाङ पाख्रिनले स्थानीय निर्वाचनका क्रममा दोलखामा भएको घटनाका बारेमा जानकारी गराउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।