ला’गुऔ’षध ब्रा’उनसु’गर सहित लिम्बु पक्राउ

झापा, असार ८ । झापाको बिर्तामोड नगरपालिका-२ चारपानेबाट ला’गुऔ’षध ब्रा’उनसु’गर सहित १ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बुद्दशान्ती-४ का ३१ बर्षीय चन्द्र बहादुर लिम्बु रहेका छन् । विशेष सुचनाका आधारमा मंगलवार बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय अनारमनी र ला’गुऔ’षध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा लिम्बुको साथबाट ३४ ग्राम ला’गुऔ’षध ब्रा’उनसु’गर बरामद गरेको हो ।

यसरी ला’गूऔ’षध सहित पक्राउ परेका लिम्बुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेकको छ ।

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाइने
खोटाङ, ८ असार (रासस):ऐतिहासिकस्थल खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको छ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकैको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको हो ।

अभियानका क्रममा ज्याकराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपीसल्ला, जाइ, कपुर, पुवाले, मसला, असारे फूल, दाँते ओखर, लालीगुराँसलगायत ५०० बिरुवा रोपिएको छ । गुरुयोजना तयार गरी अभियान थालिएको मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताउनुभयो ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलैफूलको पहाड’ बनाउने योजना छ । मझुवागढी र कालिका भगवती मन्दिर आसपासको खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासमा बहुवर्षे फूलका बिरुवा रोपेर आकर्षक गन्तव्यस्थल बनाइने भएको छ ।

फूलैफूलको डाँडा बनाएर पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न अभियान थालिएको सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष राजेन्द्र राईले बताउनुभयो । “सुन्दर ठाउँ, वनजङ्गल, प्राकृतिक विविधता र धार्मिक ठाउँमा पर्यटक लोभिन्छन्”, उहाँले भन्नुभयो । मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्यर महादेव गुफा र त्यसको बीचमा सामुदायिक वन छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाबाट करिब ४५ मिनेट पैदलयात्रापछि पुगिने मझुवागढीमा १८०४ सालसम्म राजा रणवीर हाङले शासन गरेको बताइन्छ । चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्न, वनभोज खान, अध्ययन भ्रमण गर्न र साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्न व्यक्ति तथा समूह पुग्ने गरेका छन् ।

मझुवागढीको उत्तरतर्फ बारुद ढुङ्गा र हतियार निर्माण गर्ने भट्टी छ । गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा छ । गढीको बीचमा मौली छ । त्यो बेला रणवीर राजाका रैतीहरूले दशैँ मान्नका लागि ल्याएका राँगा–बोका राख्ने ठाँउलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ ।

गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ तथा गढीवरिपरि बम्कर घेरासमेत छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर छ । मन्दिरमा अहिले पनि दैनिकजसो बलि दिने गरिन्छ । मझुवागढीमा हरेक वर्षको उभौली र उधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने गरिन्छ । मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायतका चाडपर्वमा ठूलो मेला लाग्छ ।

मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । पर्यटकलाई लक्षित गरी यहाँ फलामे रेलिङसहितको पदमार्ग निर्माण, घाम तथा पानी परेको समयमा ओत लाग्ने स्टिलट्रस तथा आराम गर्ने स्टिलको फलैँचा र पानीको व्यवस्था छ । यहाँबाट हिमशृङ्खला र तराईका समथर भू–भागको दृष्यावलोकन गर्न सकिन्छ ।

मझुवाको अर्थ माझ अर्थात् बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ । त्यस्तै पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ । चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी राखिएको बताइन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।