जयराम–हलेसी सडक जिर्ण, मर्मतमा गएन ध्यान

खोटाङ, ११ असार । कालोपत्रे उक्किदा खोटाङको जयराम–हलेसी सडक खण्ड जिर्ण बनेको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा ०६७ सालमा गरिएको ओटासिल पिच उक्किदा जयराम–हलेसी (३० किलोमिटर) सडक जिर्ण बनेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत जयराम–हलेसीको च्यास्मिटार, दुर्छिम र हलेसी आसपासमा कालोपत्रे उक्किदा खाल्डाखुल्डी बनेको छ ।

३–४ वर्षमै कालोपत्रे उक्किन थालेपछि धार्मिकस्थल हलेसी मन्दिर आउने जाने पर्यटक तथा दर्शनार्थी मारमा परेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए । हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानी काठमाडौं लगायतका शहर जाने र आउने प्रमुख मार्ग हो ।

दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर भइरहने सडक निर्माणमा ठेकेदारको लापरबाहीका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको छ। सडकका खाल्डा जोगाउँदा दुर्घटनाको जोखिम बढेको चालकहरूको भनाइ छ । खाल्डोमा वर्षायाममा पानी जमेर आहाल बन्ने गरेको उनीहरूको भनाइ छ ।

यो सडक पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेको जिम्मामा छ । तर, मर्मतमा ध्यान दिएको छैन । ‘सडकको अवस्था नाजुक हुँदा हलेसी आउजाउ गर्ने पर्यटक र दर्शनार्थीलाई यात्रा गर्न कठिन भइरहेको छ,’ कार्यकारी निर्देशक भुजेलले भने, ‘तत्काल मर्मत नगरे दुर्घटना निम्तिने खतरा छ । खराब अवस्थाको सडकका कारण जिल्लाप्रति नकरात्मक सन्देश गइरहेको छ ।’

सडकमा स्वच्छन्द–भगवती निर्माण सेवाले ०६५ देखि ०६७ मा ओटासिल गरेको थियो । कम्तीमा १० वर्ष टिक्नुपर्ने ओटासिल तीनरचार वर्ष नबित्दै उक्किन थालेको थियो । ठेकेदारले सिमेन्ट, बालुवा, गिटी र अलकत्राको मात्रा नमिलाई कम गुणस्तरको ओटासिल हालेका कारण आठ वर्ष नपुग्दै जयराम–हलेसी सडकको अवस्था कच्ची सडक सरह बनेको स्थानीय जीवन राईले बताए ।

ठेकेदारले फाइदाका लागि कम गुणस्तरको कालोपत्रे गर्न लागेपछि स्थानीयले उसबेला सडक संघर्ष समिति समेत गठन गरेको थियो । जयरामदेखि हलेसीसम्मको सडक पिच गर्ने क्रममा ठेकेदारले बस्तीनजिक बाहेकका विभिन्न खण्डमा पिच नै नगरी छाडेको थियो । सडकका बाँकी खण्डमा पनि पिचको काम पूरा गर्न भन्दाभन्दै ठेकेदार भागेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।