विद्युत्का पोल ढालेपछि त्रियुगा र चौदण्डीगढी नगरक्षेत्र अन्धकार

उदयपुर, २१ असार । जिल्लाकोे त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युत्का पोल ढालेपछि ती नगर क्षेत्र सहित अन्य गाउँ अन्धकारमय बन्न पुगेका छन् ।

त्रियुगा –२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल ढालेपछि अहिले नगरको वडा नं १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँ अन्धकारमय बन्न पुगेका छन् । भुल्केका स्थानीय ईश्वरीप्रसाद भट्टराईले पटक–पटक विद्युत् प्राधिकरणलाई ध्यानकर्षण गराउँदा पनि अहिलेसम्म पोल मरतमत नभएको बताउनुभयो ।

शनिबारकै वर्षाको कारण बाढीले चौदण्डीगढी –१ र २ तथा ५, ९ र १० वडा जोड्ने विद्युत् पोल ढालेको थियो । चौनपा–२ रानीवासका स्थानीय तेजेन्द्र कार्की भन्नुहुन्छ, “चार दिनदेखि निरन्तर अन्धकारमा बस्दै आएका छौँ, विद्युत् प्राधिकरणलाई पटक–पटक पोल मर्मत गर्न अनुरोधसमेत गरेका छौँ तर अहिलेसम्म बिजुली बलेको छैन ।”

विद्युत् प्राधिकरण गाईघाटका इञ्जीनियर सत्यनारायण साह भन्नुहुन्छ, “बाढीले धेरै पोल ढालेर क्षति पु¥याएको छ, दिनरात आफूहरूको थोरै जनशक्तिले खटेर तीव्ररूपमा काम गरिरहेका छौँ ।” ती क्षेत्रका स्थानीयवासी मोबाइल चार्ज गर्न अन्यत्र गाउँ गइरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।