सुनको सिक्री घाँटीबाट थुती भाग्ने पक्राउ

झापा,असार २५ । झापाको मेचिनगर नगरपालिका १० धुलाबारी बजारमा घाटीमा लगाएको सुनको सिक्री थुती भाग्ने एक जनालाई प्रहरीले तुरुन्त पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ बस्ने २० बर्षीय निरज राय रहेका छन् ।

रायले हिजो बेलुका साढे ६ बजे बजारमा किनमेल गरिरहेकी धुलाबारी नगरपालिका ९ बस्ने ५० बर्षीया गिता अधिकारीले घाटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्री सहित रायलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।