नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गर्ने ४ टिफर र ५ ट्रयाक्टर नियन्त्रणमा

मोरङ, असार २६ । मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय उर्लाबारीले नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गर्ने ४ टिफर र ५ ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

आज मोरङको केराबारी गाउँपालिका-३ स्थित रहेको हचुवा खोलाबाट नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गरीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ढुंगा लोड भएको को.१ त ५२५३, मे.१ त ५१०५ र को. २ त ७७८२ नम्वरको ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

यसै गरी इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ति टोलीले उर्लाबारी नगरपालिका-४ स्थितबाट अवैधरुपमा ढुंगा बोकी लादै गरेको अवस्थामा बा.५ख ३८०७, मे.१ख २८२४, प्रदेश १-०२-००१ ख ८६९५, प्रदेश १-०२-००१ ख ८५५२ नम्वरको टिफर र प्रदेश १-०४-००१ त ४२०, प्रदेश १-०१-००१ त ८५३८ नम्वरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।