मोवाईल चोरीमा संलग्न ब्यक्ति ८० राउन्ड गोली सहित पक्राउ

झापा, असार २९ । झापाको भद्रपुर नगरपालिका-५ का १८ बर्षीय मोहम्बद प्यारे मोवायल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ ।

यही असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबायल पसलबाट पसल भित्र रहेका बिभिन्न कम्पनिका मोबायल -२९ थान, घडी २ थान र नगद रु ६१५०० गरी जम्मा रु ५ लाख अठार हजार दुई सय मुल्य बराबरको चोरी भनी जानकारी पाए लगत्तै चोरीमा संग्लग्न ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले प्यारेलाई २८ गते राती पक्राउ गरेको हो ।

पक्राउ परेका ब्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएका मध्ये १ थान मोवायल, मोवायलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो । यसका साथै निजले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको र घटाना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।