गोरखा अस्पताल : विशेषज्ञ सहितको सेवासुबिधा थप, शल्यक्रिया पनि हुने

गोरखा, १ साउन । गोरखा अस्पतालले अहिले सेवासुबिधामा उल्लेख्य थप गरेको छ । अस्पतालले नयाँ सुबिधा सम्पन्न भवनमा सरेसँगै विगतमा भन्दा थप गुणस्तरीय विशेषज्ञ डाक्टरसहित विस्तारित सेवा सुरु गरेको हो ।

‘अहिले हामीले अस्पतालमा ओपिडि सेवामा प्रसूति तथा स्त्री रोग, शल्यक्रिया, बालरोग, मनोचिकित्सक, एनेस्थेसियोलोजिस्ट, सर्जरी, दन्त, सर्जरी लगायतका सेवा थप गरेका छौँ । यस्तै हर्निया, एपेन्डिसाईट, अण्डकोषमा पानी भरिएको लगायत बिभिन्न रोगको शल्यक्रिया पनि भईरहेको छ’, गोरखा अस्पताल प्रमुख मेसु हरीकुमार श्रेष्ठले भने ।

अस्पतालमा अहिले गुणस्तरीय ल्याब सेवा रहेको उनी बताउँछन् । ‘ल्याब सेवालाई बिस्तार गर्दै गुणस्तरीय बनाउन हामीले नयाँ मेसिन खरीद गरेर यही साउनदेखि थप सेवा दिनेछौँ । त्यो उपकरण आएपश्चात विगतमा भन्दा छिटो र थाइराईट सेवा, अन्य बिभिन्न हर्माेनहरुको पनि परिक्षण सुरु हुनेछ’, श्रेष्ठले भने । अस्पतालले अहिले डायलसिस सेवा, थाइराड टेष्टका साथै जेरियाटिक र कल्चर सेवा समेत सुरु गरेको छ ।

हाल अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ तथा कर्मचारीहरुको पदपुर्ति नहुँदा सेवाप्रवाहमा समस्या हुने गरेको उनी बताउँछन् ।
‘दरबन्दी अनुसारका कर्मचारी नहुँदा हामीले जति सेवा दिन सक्थ्यौँ त्यो दिन सकेका छैनौँ । तर, हामी जति छौँ, भएका कर्मचारीहरुले ड्युटीटाईम मिलाएर सेवाग्राहीलाई उच्चतम सेवा दिईरहेका छौँ’, उनले भने ।

अस्पतालमा गत फागुन १ गतेदेखि विस्तारित स्वास्थ्य सेवालाई पनि निरन्तरता दिईएको छ । हालसालै अस्पतालमा भर्ना भएर बसेका बिरामीहरुका लागि पनि बिशेष सेवासुबिधा सहितको वेडको पनि ब्यवस्था गरेको छ ।

श्रेष्ठ गोरखा अस्पताल प्रमुख भएर नेतृत्व गरेको करिब एक बर्ष हुन लाग्यो । यस बीचमा उनले यहाँ थुप्रै सेवाहरु बिस्तार गर्नेदेखि विशेषज्ञ तथा कर्मचारीहरु पदपुर्तिका लागि पनि पहल गरिरहेका छन् । उनको नेतृत्व पछि अस्पतालको सेवा थप तथा गुणस्तरीय भएको स्थानीयहरु बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।