पिकअपको ठ’क्करबाट अटोचालकको मृ’त्यु
सुनसरी, साउन २ । सुनसरीको रामधुनी २ तित्रीबन चौक स्थित पुर्ब पश्चिम लोकमार्गमा पिकअपको ठक्करबाट अटोचालकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैचा ३ का ३२ बर्षीय डम्बर कुमार दर्जी रहेका छन् ।
हिजो पुर्वाञ्ह साढे ४ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको प्रन १- ०१-००१ च ७६५० नम्बरको पिकअपले बिपरीत दिसा आउदै गरेको को २ ह ७२९९ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा गम्भिर घाईते भएका अटो चालक दर्जीको ईटहरी एपेक्स अस्पतालमा उपचारको क्रममा हिजै पौने ५ बजे मृ’त्यु भएको थियो ।
पिकअप र चालक ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ ।


