होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेस्क

मोरङ । सरकारले भारतसँग जोडिएका नाकामा कोभिड –१९ का लागि होल्डिङ सेन्टर निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन । भारतबाट नेपाल भित्रिएका नेपालीहरूलाई प्रवेश विन्दुमै होल्डिङ सेन्टरमा राखेर पिसीआर र एन्टिजेन परीक्षणको लागि तथा सङ्क्रमितहरु सुरक्षित राख्नका लागि एक हजार अट्ने होल्डिङ सेन्टर निर्माण भएका छन् ।

विसं २०७८ वैशाख ५ गतेको मन्त्रिपरिषद्को बैठकले आठवटा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो । झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीमा निर्माण भएका छन् । कृष्णनगरमा होल्डिङ सेन्टर बनाउने जिम्मा पाएको नेपाली सेनाले रु २७ करोड ६७ लाखको लागतमा होल्डिङ सेन्टर निर्माण गरेको हो ।

निर्माण पूरा भए पनि कसले सञ्चालन गर्ने भन्ने स्पष्ट नहुँदा सञ्चालनमा आउन सकेको छैन । निर्माणको काम सम्पन्न भएको छ महिना बिते पनि सञ्चालन नहुँदा सीमानाका नजिकै एक छाप्रोमा स्वास्थ्य जाँच भइरहेको छ । कृष्णनगरमा छाप्रो नजिकै ६०० शय्याको होल्डिङ सेन्टर छ भने सीमादेखि एक किलोमिटरको दूरीमा शिवानगरमा ४०० शय्याको होल्डिङ सेन्टर छ । होल्डिङ सेन्टर सञ्चालनका लागि केन्द्रले परिपत्र नगरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । “सीसीएमसीसीको निर्णयानुसार सञ्चालन हुनेछ, अहिलेसम्म कुनै जानकारी छैन”, उनले भने, “स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना छ, हस्तान्तरणको काम पनि भएको छैन ।”

पछिल्लो समय कोरोना सङ्क्रमण बढिरहेकाले होल्डिङ सेन्टर सञ्चालनका लागि केन्द्र तथा प्रदेशले स्थानीय तहलाई स्रोत, साधन उपलब्ध गराउनुपर्ने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए । “होल्डिङ सेन्टर अतिआवश्यक छ, तर सञ्चालन गर्न स्थानीय तहलाई समस्या छ, केन्द्र र प्रदेशले यस विषयमा गम्भीर हुन आवश्यक छ”, उनले भने ।

कृष्णनगरले एक छाप्रो निर्माण गरी भारतबाट नेपाल आउनेहरूको स्वास्थ्य जाँच गरिरहेको छ । कोरोनाको पोजेटिभ रिपोर्ट आउनेलाई पनि सिधै घर पठाउन स्वास्थ्यकर्मी बाध्य छन् । केही समय कोरोना महामारी कम भए पनि पुनः सङ्क्रमित बढ्न थालेपछि सीमानाकामा कडाइका साथ जाँच सुरु गरिएको छ । अहिले दैनिक ५० देखि १०० नेपालीहरूको जाँच हुने गरेको स्वास्थ्यकर्मी पङ्कज गुप्ताको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।