१ नम्वर प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय भोजपुरको निरीक्षण भ्रमण सम्पन्न

बिराटनगर, श्रावण ८ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय भोजपुरको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले पहाडी जिल्लाहरुमा यातायातको पहुच कम हुने भएकोले अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न समय समयमा लामो तथा छोटो गस्ति निकाली स्थानिय मानिसहरुसंग समन्वय गरी दुर दराजमा भएका गतिविधि बुझी आम नागरिकहरुको सुरक्षार्थमा प्रहरी खटिन निर्देशन दिनु भयो ।

पहिरो, आगलागि र अन्य बिपदहरुमा स्थानिय सरकार तथा अन्य सुरक्षा निकाय संग समन्वय गरी नागरिकको जीउ धनको रक्षा गर्न र नैतिकता र अनुशासित भई सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहुरलाई निर्देशन दिनु भयो ।

निर्देशनकै क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र सवारी दुर्घटना न्युनिकरण, आत्महत्या तथा लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रण गर्नको लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरी आम नागरिकमा सचेतना फैल्याउन समेत निर्देशन दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।